इटहरी  । इटहरीस्थित विश्व आदर्श कलेजकी छात्रा अनिशा पाठकले बिविएस (ब्याचलर अफ बिजनेस स्टडीज) प्रथम वर्षमा सर्वाधिक अंक प्राप्त गर्दै टपर बनेकी छिन् । उनले ८२.४० प्रतिशत अंक हासिल गर्दै उत्कृष्ट विद्यार्थीको उपाधि पाएकी हुन् । कलेज प्रशासनले अनिशाले सबैभन्दा उच्च अंक प्राप्त गरेको दाबी गरेको छ । यो उपलब्धि हासिल गर्दै अनिशाले आफ्नो कडा मेहनत र दृढ इच्छाशक्तिले कुनै पनि लक्ष्य हासिल गर्न सकिन्छ भन्ने प्रमाणित गरेकी छिन् ।

अनिशा पाठकको यो सफलताले कलेज मात्र नभई इटहरीको शैक्षिक क्षेत्रलाई समेत गर्वको विषय बनाएको छ । उनको यस उपलब्धिको कलेजले प्रशंसा गर्दै अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत भएको बताएको छ। कलेज प्रशासनका अनुसार अनिशाको अनुशासन, निरन्तर अध्ययन, र लगनशीलता यस सफलताका मूल कारण हुन्। कलेजका प्रधानाध्यापक गणेश दुलालले उनलाई यस उपलब्धिको लागि बधाई दिँदै भविष्यमा अझ ठूलो सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरेक छन ।   विश्व आदर्श कलेजको शैक्षिक उत्कृष्टता केवल अनिशा पाठकको सफलतामा मात्र सीमित छैन । यसअघि, यसै कलेजकी अर्की छात्रा प्राश्ना पराजुलीले एमबिबिएस प्रवेश परीक्षामा उल्लेखनीय सफलता प्राप्त गरेकी थिइन् । देशभरिका छात्रामध्ये दोस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् ।

प्राश्नाको यो उपलब्धिले कलेजलाई थप गर्वको क्षण प्रदान गरेको थियो । विद्यार्थीहरूद्वारा हासिल गरिएको यो उत्कृष्ट नतिजाले विश्व आदर्श कलेजको शैक्षिक स्तर र गुणस्तरलाई उच्च स्थानमा राखेको छ । कलेजले विद्यार्थीलाई शैक्षिक क्षेत्रमा मात्र नभई, अन्य सामाजिक र मानसिक विकासका लागि पनि उत्तिकै जोड दिदै आएको छ  । अनिशाले आफ्नो सफलताको श्रेय परिवार, शिक्षक र साथीहरूलाई दिएकी छिन् ।  अनिशाको यो उपलब्धिमा कलेजको महत्वपूर्ण भूमिका रहेको कलेज प्रशासनले बताएको छ । प्रधानाध्यापक दुलालका अनुसार कलेजले आफ्ना विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको जानकारी दिए । विश्व आदर्श कलेजले सैद्धान्तिक शिक्षा मात्र नभई, व्यावहारिक ज्ञानलाई पनि प्राथमिकता दिने भएकाले विद्यार्थीहरूको समग्र विकास भइरहेको छ । कलेजले आधुनिक शिक्षण प्रणाली अपनाएर विद्यार्थीलाई सफलताका लागि सक्षम बनाउने लक्ष्य राखेको छ ।