पछिल्लो समय किरात राइ समुदायको महान चाड साकेलाले व्यापकता पाइरहेको छ । विषेशत युवा पुस्तामा साकेला सिलिको लोकप्रियता व्यापक रुपमा बढेको देखिन्छ । तर साकेला सिलिको बढ्दो लोकप्रियता सङसङ्गै यसको मौलिकता भने सङ्कटमा पर्र्नै गरेको देखिएको छ । FB_IMG_1719587760402

किरात राई समुदायको महान चाड एवं विशेष सन्दर्भहरुमा प्रस्तुत गरिने साकेला सिलीको मौलिकतां हराउँदै गैरहेको स्थितिलाई मध्येनजर गर्र्दै किरात अध्ययन तथा अनुसन्धान प्रतिस्ठान नेपालको आयोजनामा “साकेला सिलिको विविधता र मौलिकता” विषयक विमर्ष कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको इटहरी स्थीत तायारीप्चि बहुउदेसीय भवनको सभाहलमा कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा मुन्दुम अध्येता भोगिराज चाम्लिङद्वारा तयार पारिएको प्रतिवेदनात्मक दस्तावेज उपर बृहत छलफल तथा अन्तरक्रिया गरिएको थियो । सो तयार पारिएको दस्तावेज पुस्तान्तरण गर्न र मौलिकतालाई बचाई राख्नका लागी महत्वपूणर् हुने अध्येता भोगिराज चाम्लिङले बताएका छन् ।FB_IMG_1719759389765

उनले साकेला सिलि किरात राइ समुदायको चाड मात्रै नभएर सिङ्गो नेपाललाइ सास्कृतिक रुपमा चिनाउन सकिने माध्यमा हुने बताएका छन् । प्रतिवेदनमा किरात राइ समुदयमा प्रचलित विविध साकेला सिलिको र त्यसको मौलिकताको बारेमा उल्लेख गरिएको थियो । कार्यक्रममा प्रस्तुत प्रतिवेदन माथि टिप्पणीकारहरुले टिप्पनी गरेर उपयुक्त सल्लाह सुझाव समेत दिएका थिए ।  आधुनिक समाज र आधुनिक परिवेशमा साकेला सिलीका केही विषयहरु परीवर्तन भएको र यसको मौलिकतालाइ बचाउनुपर्र्नैमा अगाडी बढ्नुपर्नै किरात अध्ययन तथा अनुसन्धान प्रतिस्ठान नेपालका सचिव राम माण्डुपा राइले बताएका छन् । कार्यक्रममा किरात अध्ययन तथा अनुसन्धान प्रतिस्ठान नेपालका अध्यक्ष सदर राइको अध्यक्षता रहेको थियो । त्यस्तै प्रदेश न १ का सामाजिक विकास मन्त्री पाचकणर् राइको प्रमुख आतिथ्यता रहेको थियो । उनले प्रदेश नामाकरणको विषयमा बोल्दै ९३ सांसदमध्य आफु एक जनाले मात्रै विराध गरेर नामाकरण नहुने बताएका छन् । कार्यक्रममा प्रदेश न १ का सामाजिक विकास सचिव लक्ष्मी प्रकास भट्टराइ , खानेपानी सिंचाइ तथा उर्जा मन्त्रालयका सचिव प्रदिप वान्तावा , किरात राइ यायोख्खाका प्रतिनिधि लगाएत सास्कृतिप्रमी युवाहरुको उपस्थिती रहेको थियो ।