राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार रहेको आरोप लगाउनुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला भनेका दलको सिण्डिकेट संसदमा लादिने काम भएको बताउनु भयो । उहाँले संसदमा दर्ता भएका संकल्प प्रश्तावहरुको छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति संसदको ध्यानाकर्षण गराउनु भयो । उहाँले नागरिक र सरोकारवालको सुझाव नलिइ कानून बनाउने प्रवृत्तिका कारण कानूनहरु राम्रो बन्न नसकेको दाबी गर्नुभयो । उहाँले संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहीत गरेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसदमा संकल्प प्रश्ताव कार्यसूचिमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ति प्रश्ताव अहिले असान्दर्भिक भएका छन् । तर समस्याको दीर्घकालीन समाधानको लागि प्रश्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ । नागरिक र सरोकारवालको सुझाव नलिइ कानून बनाउने प्रवृत्तिका कारण कानूनहरु राम्रो बन्न नसकेको बताउनु भयो ।  कानून बनाउनुअघि जनतासमक्ष लैजानुपर्ने रास्वापको प्रश्ताव थियो । तर यो संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहीत गरियो । कानून बनाउँदा राय लिउँ भन्ने बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार छ ।’ सभापति लामिछानेले विदेश भ्रमणले देशको यज्ज्त बढेपनि अर्थतन्त्र चलायमान बन्न नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो ।