इटहरी/सार्वजानीक सवारी ऐन अनुसार सवारी अनुमती पत्र बीना सीटी सफारी सञ्चालन गर्न नपाइने व्यवस्था छ । तर इटहरीमा चल्ने अधीकांश सीटी सफारी चालकको सवारी अनुमती जाँच समेत नगरीदा एक त दुर्घटना भएको खण्डमा सफारी चालक कानुनी कारवाहीमा जाने,बीमा वापतको रकम समेत क्लेम गर्न नपाउँदा चालक साथै सवारी धनी दोहोरो मारमा पर्ने देखीन्छ ।

 प्रदेश सवारी ऐनमै उल्लेख भए अनुरुप सफारी नवीकरण गर्न बीमा अनीवार्य छ । बीमाको लागी लाइसेन्स भने अनीवार्य छैन । सवारी धनीले पनी बीमा गराउन सक्ने हुँदा चालक अनुमती पत्र नभएपनी नवीकरण गरीनछ । तर बिमा गरेका सवारी चालक अनुमती पत्र नभएका चालकले बीमा वापतको क्लेम भने पाउँदैनन् । शुल्क तीरेर बीमा गरेका सफारी चालक बीमा वापतको क्लेम नपाउँदा मारमा पर्ने देखीन्छ । इटहरीबाट नवीकरणको प्रक्रीयामा रहेका सफारीलाइ विमाको भार थपेको भन्दै केही दीन अगाडी यातायात व्यवस्था कार्यालय कोशी प्रदेश इटहरी परीसरमा सफारी चालकहरु बीरोधमा उत्रीएका थीए । सफारीको नवीकरणका लागी वीमा अनीवार्य गर्नुपर्ने कानुनी प्रावधान रहेको भन्दै कार्यलयले वीमा गर्न भनेपछी बीमा वापतको क्लेम समेत नपाएको भन्दै उनीहरुको गुनासो थीयो । सार्वजानीक सवारी ऐन अनुसार कालो नम्बर प्लेटको सवारी साधनमा अनीवार्य सवारी चालक अनुमती पत्र आवश्यक पर्ने भन्ने प्रावधान रहेता पनी इटहरीका अधीकांश सफारी चालक सँग चालक अनुमती पत्र नभएको उनीहरुको गुनासो छ । चालक अनुमती पत्र जाँचमा ट्राफीक प्रहरीको शुन्य उपस्थिती रहेको मजदुर संघका प्रतीनीधीको भनाइ छ ।

यस विषयमा सहजीकरण गरीदीन स्थानीय सरकारसँग आग्रह गर्दा सवारी चालक अनुमती पत्र भएकाहरुले मात्र बिमा गर्नुपर्ने गरी समन्वय गरीदीने इटहरी नगर सरकारले आस्वासन दीएको थीयो । तर प्रदेश ऐन अनुरुप कुनैपनी सवारी साधन नवीकरण गर्दा विमा अनीवार्य गर्नुपर्छ । जसकारण यातायात व्यवस्था कार्यालय कोशी प्रदेश इटहरीले विमा बिना सवारी नवीकरण गर्न अस्वीकार गर्यो । मजदुर संघसंगठनका प्रतीनीधी सहीत बीरोधमा उत्रीएका सफारी चालकहरुले नगरमो मौखीक अभीव्यक्ती कार्यन्वयन नभएको भन्दै जीम्मेवार ठाउँमा बसे।र फीतलो नीर्णय गरेको भन्दै इटहरीमा मात्र देखीएको प्रकृयागत समस्या समाधान नभएको खण्डमा आम हडताल सम्म गर्ने चेतावनी दीका छन । 

यता नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यलय इटहरीका प्रहरी उप।रीक्षक भने लाइसेन्स चेकजाँच सम्बन्धमा सम्बन्धीत कार्यलयहरुसाग् छलफल जारी भइरहेकबो तर ठोस समाधान ननीस्कीएको बताउँछन । आफुहरुले सीटी सफारी चालक अनुमती पत्र चेकजाँच गरीरहेको उनको ठोकुवा छ ।

अधीकांश सफारी चालकहरु लेखपढ गर्न नसक्ने भएकाले ट्रायलका माध्यमबाट मात्र लाइसेन्द उपलब्ध गराउन नगरले पहल गरेता पनी केन्द्रीय नीतीनै परीमार्जीत गर्नुपर्ने अवस्था आएकाले नगरले सहजीकरण गर्न नसकेको इटहरी उपमहानगरपालीका मेसीनेरी औजार व्यवस्थापन साखा प्रमुख गणेश प्रसाद भट्टराइको भनाइ छ ।

मजदुर संगठनका प्रतीनीधी स्वयम्ले अधीकांश सीटी सफारी चालकलाइ चालक अनुमती पत्रको पहुँचसम्म ल्याउनुपर्ने बताइरहाँदा ट्राफीक प्रहरीले चेकजाँच कसरी गर्यो र कारवाही कतीलाइ गर्यो भन्ने प्रश्न उठेको छ । दुर्घटना भएको खण्डमा लाइसेन्सको अभावमै सफारी चालक तथा सवारी धनीले बीमा बापतको क्लेम समेत नपाउँदा दोहोरो मारमा पर्ने देखीन्छ भने यत्तीका सफारी चालकले लाइसेन्स बीना सवारी सञ्चालन गरीरहँदा लाइसेन्स चेकजाँच तथा कारविाही भने दुर्घटना भएपछी मात्र गरीन्छ । सफारी चालकलाइ लाइसेन्स उपलब्ध गराउन नगरले समन्वयकारी भुमीका खेलेन,अझ केन्द्र र प्रदेशका ऐन विपरीत गएर आस्वासन दीएको भन्दै मजदुरहरु आन्दोलीत छन ।

यसरी सम्बन्धीत नीकायको गैरजीम्मेवारपुर्ण कार्यशैली र नागरीक र नीकायबीच समन्वयको अभावमा सफारी चालक र सफारी धनी दुवै दोहोरो मारमा परेका छन भने दुर्घटनाको जोखीम पनी उत्तीकै बढेको छ ।