सुनसरी –साबिक बिजेता सगरमाथा फुटबल क्लब मोरंगले १३ औ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । इटहरी रंगशालामा आज भएको उद्धघाटन खेलमा बुढासुब्बा गोल्डकप बिजेता एभिनियर फुटबल क्लब क्यामरुनलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले सेमिफाइनलमा स्थान सुरुक्षित गरेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा एभिनियरका साबा अलीको प्रहार क्रसबारमा लागेर बाहिरियो । जोय अल्डोको प्रहार सगरमाथाका गोलकिपर च्यांग थेबेले रोकेका थिए । यानिक ओवना जीओन गीनी र सांघुको प्रहार गोलमा परिणत भयो । सगरमाथाका राजीब लोप्चा, मेसुके, अभिषेक राई, अभिषेक लिम्बुले गोल गरे । आजको खेलको म्यानअफ द म्याच सगरमाथाका मेसुके घोषित हुदै नगद १० हजार पाए । भोलीको खेल आयोजक राष्टिय जागृती क्लब र चर्च ब्वाईज क्लब काठमाण्डौबिच खेल हुनेछ । जम्मा ८ टिम सहभागी गोल्डकप बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ ।