रामधुनी नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार राम नारायण चौधरीको प्यानलै विजयी भएको छ ।रामनारायणले १ हजार ६१९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेश कुमार शाहले १ हजार १९ मत पाएका छन् ।

यसैगरी नेकपा माओवादीका वडा अध्यक्ष उम्मेद्वारले १३७ मत पाएका छन् भने नेकपा एसका वडा अध्यक्ष उम्मेदवारले ४ र राप्रपाका उम्मेदवारले ११ मत पाएका छन् ।

यता महिला सदस्यमा विजयी नेकपा एमालेकी उम्मेदवारले १ हजार ७३९ मत पाउँदा नेपाली कांग्रेसकी उम्मेदवारले ७५४ मत , दलित महिला सदस्यमा एमालेकी उम्मेदवारले १ हजार ७ सय ३३ मत पाउँदा नोपली कांग्रेसका उम्मेदवारले ७२३ र नेकपा माओवादी केन्द्रकी उम्मेदवारले १३० मत प्राप्त गरेका छन् ।

यसैगरी खुल्ला सदस्यमा पनि एमालेले भारी मतान्तरले जीत निकालेको छ । दुवै खुल्ला सदस्यमा एमालेका उम्मेदवारले १हजार ६१० र १ हजार ५ सय ८१ मत ल्याएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७५५ र ९२५ मत ल्याएका छन् ।