एजेन्सी / भारतको केरलामा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो ।

केरलाको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो ।शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।