पथरी । मंसिर ६ गतेका लागि तोकिएको नेपाली काग्रेस क्षेत्रिय अभिवेसनमा नेपाली कांग्रेस मोरङ ३ को संघीय क्षेत्रीय सभापतिमा गणेश खड्काले उम्मेद्वारी घोषणा गरेका छन् । बामपन्थी बाहुल्यता रहेको मोरङ-३ मा कांग्रेस संगठनका लागि कांग्रेसको विजारोपण गराउन दिनरात खटिएका पथरीशनिश्चरे वडा नम्वर १ का स्थायी बासिन्दा हुन् ।

संघिय रुपरेखा अनुसार आम कार्यकर्ताको आग्रह र पछिल्लो चुनावी माहोलका कारण शक्ति विकेन्द्रिकरण र बलियो र साझा कांग्रेस निर्माणको लागि कार्यकता तहबाट क्षेत्रिय सभापतिमा खड्काको माग आएपछि खड्काले पुनः क्षेत्रिय सभापतिमा उम्मेद्वारी दिन तयार भएको स्रोतले बताएको छ ।

खड्काले क्षेत्र नं. १ को सभापतिमा उम्मेद्वारी प्रस्तुत गरेसगै यतिवेला चुनाबी सरगर्मी बढेको छ । वर्तमान क्षेत्रीय सभापति खड्का पुनः क्षेत्रीय सभापतिमा उठ्ने घोषणासँगै शुन्दरहरैचाका राजेन्द्र ढकालले पनि उम्मेद्वारी घोषणा गरेका छन् । 

क्षेत्रिय सभापति खड्काले राजनितिलाई नितान्त सेवाको विषयका रुपमा उजागर गर्ने कांग्रेस नेताका रुपमा स्थापित नाम हो । जनताको सेवा, संगठन सुदृढिकरण र संगठन विस्तारमा आहोरात्र खटिने खड्का बलियो संगठन निर्माण नै जनताको भाग्य र भविष्य सग जोडिएको तर्क राख्दछन् ।

साझा र बलियो काग्रेस बनाउन आम कार्यकर्ताहरुले पटक-पटक आग्रह गरेपछि आफुले पुनः एक कार्यकालका लागि क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेको उनको भनाई छ । 

उनको उम्मेद्वारी सगै अधिकांश कार्यकर्ताहरुले पुनः क्षेत्रीय सभापतिमा खड्कालाई सर्वसम्मत चयन गर्नु पर्ने धारणा राख्दै आएका छन् । पार्टीलाई क्षेत्र नं. ३ मा मजबुत र चलयमान बनाउन खड्काकोे आबश्यता रहेको औल्याउदै उनिहरुको खड्कालाई सर्वसम्मत चयनको माग गरेको एक क्षेत्रिय प्रतिनिधिले बताए ।

उनले भने- हामी धेरै जना सर्वसम्मतको पक्षमा छौ यदि चुनावै भै हाले पनि खड्काले अत्याधिक मतले जित्नु हुन्छ यो निश्चित छ । खड्का क्षेत्र ३ मा सवैलाई सरसहयोग गर्ने परोपकारी सोचका धनी भएकै कारण खड्का पार्टी कार्यकर्ता र अन्य व्याक्तिहरुमा  लोकप्रिय छन् । 

खड्का कहाँ समस्या लिएर जाने जो कोहीलाई पनि सहयोग गर्ने बानीका कारण पार्टीभित्र र वाहिर पनि उनको लोकप्रियता उत्तिकै रहेको छ । खड्का काहाँ समस्या लिएर पुग्दा आश्वासन मात्र लिएर फर्कनु नपर्ने उनिसग भेटघाट भएका ब्यक्तिहरु बताउँछन् । समस्या लिएर जाने जोकोहीको समस्या तुरून्त समाधानको पक्षमा जाने खड्काको बानीका कारण सवै उनिबाट प्रभावित बन्ने गरेका छन् । 

सरल ब्यबहार, सहयोगी भावना र सबैलाई समान सद्भावको दृष्टिकोले हेर्ने उनको स्वभाव आफैँमा अतुलनिय छ । 

क्षेत्रीय सभापतिका लागि उनको सरल स्वभाव, सहयोगी बानी, सवैलाई समान दृष्टिकोणको आचरण नै खड्कालाई सर्वसम्म माग गर्ने मुल आधारस्तम्भ रहेका स्रोतको भनाई छ ।

पार्टीमा हाक्की र स्पष्ट वक्ताका रुपमा स्थापित खड्काको चरित्रका कारण नै उनि सवै माझ लोकप्रिय बनेका छन् ।  

राजनिति र जनसेवा एक अर्काको परिपुरक हो भन्ने राजनितिक शिक्षा दिने खड्का, सामाजिक न्याय तथा लोकतान्त्रिक समाजबादको जग बसाल्न सक्ने क्षमतावान नेताको रुपमा मोरङ क्षेत्र नम्वर ३ मा परिचित कांग्रेस नेता भएको 

नेपाली कांग्रेस आस्थावान आम कार्यकर्ता र अन्य राजनैतिक दलमा आवद्ध युवाहरुको बुझाई छ । 

गुटको राजनीति समाप्त पार्ने अभियानमा सदैव शसक्त आवाज उठाउदै खड्का पार्टीमा गुटगत राजनितिको अन्त्य नभए पार्टी संगठन सुदृढिकरण नहुने उनको तर्क छ ।

पार्टीमा पुरानो नेताको रुपमा रहेका खड्काले अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्दै आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको बताए । 

खड्काले ले १४ औ महाधिवेसनमा सवैलाई नागरिकले चाहेको र नागरिकको सेवामा समर्पित नेतृत्व चयन गर्न पनि आग्रह गरेका छन् ।