विराटनगर-ढल्केबर भनेपछि पूर्व पश्चिम यात्रा गर्नेहरुका लागि नयाँ ठाउँ होइन । तर पहिले ढल्केबरमा सुविधा सम्पन्न होटल नपाउदा भने धेरैले रात विताउन समस्या भोग्नु भएको होला । तर अब स्थानिय युवा व्यवसायी अनिल साहले १६ करोड खर्च गरेर २६ वटा एयरकण्डिसन सहितका कोठा भएको आधुनिक होटल संचालनमा ल्याएका छन । 

उनले भ्रमण बर्ष २०२० लाई लक्ष्य गरेर होटल संचालन गर्ने योजना बनाएपनि कोरोनाको कारण भएको लकडाउनले केही बिलम्ब भएपनि अहिले होटल संचालनमा आएको छ । तर औपचारिक उद्घाटन नभएपनि उनले होटल संचालनमा रहेको जानकारी दिए । 

खासगरि व्यापार, जागिर, धार्मीक पर्यटकलाई लक्ष्य गरेर उनले होटलमा लगानी गरेका हुन । पेशागत रुपमा उनी सीए हुन । बाबु सामान्य किसान भएपनि तीन दाजुभाई भने पढाईसंगगै व्यापार र व्यवसायमा समेत आफुलाई संलग्न गराएका छन । 

हार्डवेयर र लुब्रिकेन्टको व्यवसायबाट हस्पिटालिटि तिर उनीहरुले हात अघि बढाएका हुन । धनुषाको जनकपुर, संघिय राजधानी जानेबाटो र पूर्वबाट पनि जोडिने स्थान ढल्केबर पछिल्लो समय सुविधा सम्पन्न बजारका रुपमा विकसित हुदै गएको छ । लामो यात्राबाट आएका यात्रुहरुको बिसौनी मात्र नभएर अहिले व्यापारिक केन्द्रका रुपमा विकासित हुदै गएको ढल्केबरमा मध्यम आम्दानी भएको मानिस एक दुईरात बस्ने ठाउँ नहुदा निकै समस्या रहेको बुझेर नै साहले होटलमा लगानी गरेका हुन । 

कोरोनाको दोश्रो लहरको मार खेपेका उनले पछिल्लो समय होटल संचालनमा दैनिक रुपमा आउने ग्राहकहरुका कारण उत्साहित बनेका छन । भन्छन‘लक डाउनमा पनि दैनिक १२/१३ वटा कोठा बुक हुने गरेको छ, परिस्थिति सामान्य हुदा होटल राम्रै चल्छ भन्नेमा ढुक्क छु ।’ कोरोनाको लहर केही शान्त भएपछि भब्य रुपमा उद्घाटन गर्ने सोचमा रहेका छन । 

सात तलाको कोमल होटलमा १२ वटा डिलक्स रुम, ८ वटा स्वीट रुम र ६ वटा स्टैण्र्ड लेवलका कोठाहरु छन । रुमको ४ हजार, तीन हजार र २५ सय गरि तिन श्रेणीमा विभाजन गरेपनि पाइने सुविधामा कुनैमा कमी नरहेको उनले बताए । होटलमा ग्राउण्ड र रुफटफमा समेत रेष्टुरेन्ट र बार छ । २०० जनाको ग्राउण्ड फ्लोर व्याङकेट छ भने रुफटपमा समेत ७० जना अट्ने व्याङकेट छ । 

खानामा नेपाली र इण्डियन फुडपाइने उनको रेष्टुरामा नेपाली खाना मासु सहित ५५० र सादा खाना ३५० रहेको छ । परिवार लिएर घुम्न आउनेका लागि पनि विषेश सुविधा रहेको उनको होटलमा विवाह पार्टी तथा सेमिनारका लागि समेत राम्रो व्यवस्था रहेको छ ।