इटहरी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले मुलुकमा जसरी भएपनि हिन्दुराष्ट्र स्थापना भएरै छाडने दाबि गर्नुभएको छ । शनिबार राप्रपा कोशी गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री सुब्बाले यस्तो बताउनुभएको हो । नेपाल हिन्दु राष्ट्र भनेर बिश्वमा चिनिसकेकोले राजसंस्था सहितको हिन्दु राष्ट्र बनाउन सबै लागिपर्ने बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पुर्व मन्त्री शुब्बाले विचार, सिद्धान्त र निष्ठालाई सर्वोपरी मानी अघि बढे पार्टीले गति लिने बताउनुभयो । ‘सबभन्दा माथि विचार, सिद्धान्त र निष्ठा हुन्छ । यही शाश्वत सत्यलाई आत्मसात गरी अघि बढे, राप्रपाले सही दिशा लिन्छ,’ राप्रपाका वरीष्ठ नेता सुब्बाले थप्नुभयो ।
राजसंस्था र हिन्दुराज्यको विषयमा द्विविधि र मनमुटाव नराखी अगाडि बढ्न सबै नेता, कार्यकर्तालाई आह्वान गर्दै प्रमुख अथिति सुब्बाले भन्नुभयो, ‘जनता बलियो भए दरवार बलियो हुन्छ । यस मानेमा हामी सबैको नैतिक जिम्मेवारी छ । राप्रपाको विभिन्न धर्महरुको एकतामा हिन्दुराज्य अड्नु पर्ने बताउनुभयो ।सो अवसरमा श्यामनारायण मेहताको अध्यक्षतामा ३१ सदस्य गाउँपालिका कार्यसमिति गठन भयो ।
सुनसरी जिल्ला, क्षेत्र नं ४ अन्तरगतको कोशी गाउँपालिकाको अधिवेशनमा राप्रपाका केन्द्रीय सदस्यहरु हसबुल मिया, ईनु अधिकार र डम्बर कुमार घिमिरे उपस्थित थिए । यसैगरी प्रदेश नं १ का सचिव गणेशप्रसाद दुलाल, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादरु बस्नेत, जिल्ला सदस्य तथा संगठन प्रमुख नदिन थापा, युवा संगठन प्रदेश नं १ संयोजक आकाश सुब्बा लगायतको पनि उपस्थित थियो ।




















