रामधुनी  : नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरीको रामधुनीमा पनि चहलपहल बढेको छ । रामधुनी बासी सम्पूर्णमा कस्ले कस्ले दिदैछन उम्मेदवार  रामधुनीको नगर सभापति भनेर चासोको विषय बनेको छ ।

रामधुनीमा भावी नगर सभापतिको नेतृत्वको लागी हाल तीन जना उमेद्धवारका आकांक्षीहरुको नाम चर्चामा रहेको छ । जसमा हालका नगर सभापति सुदिप अधिकारी, नगर सचिव दिल बहादुर राई र झुम्का उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सगेन चौधरी रहेका छन् । नगर सभापतिमा उमेद्धवारका आकांक्षीहरु सुदिप अधिकारी, दिल बहादुर राई र सगेन चौधरीले सबैको साझा उमेद्धार भएको बताउने गरेका छन् ।


सानै उमेरमा काँग्रेस राजनीतिमा उदाएका वर्तमान नगर सभापति सुदिप अधिकारी पुनः सभापतिमा उठ्ने भएका छन् । साने उमेरमा आफूले नेपाली काँग्रेसको राजनीति भित्ररुपमा नियालेको र साबिकको सबै गाविसमा कम्युनिस्टको गढ रहेकोमा नगरले आफ्नो नेतृत्व पाए पछि नगरमा १६ जना जनप्रतिनिधि जिताउन सफल भएको बताउने गरेका छन् । नगरमा काँग्रेसलाई जगाउन आफूले एक कार्यकाल सभापतिको जिम्मेवार कुशलतापूर्वक निर्वाह गरिसकेकाले काँग्रेसलाई बलियो बनाउन आफ्नो पुनः उम्मेदवारी दिने उनि बताउँछन् ।


त्यस्तै अर्का भावी सभापतिका रुपमा चर्चामा आएका सगेन चौधरी भने लामो समय बिभन्न संघ संस्था देखी झुम्का उद्योग वाणिज्य संघको एक कर्याकाल महासचिव र १० वर्ष अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । विगत लामो समय देखी नेपाली काँग्रेसले दिएको जिम्मेवार कुशलतापूर्वक निर्वाह गरिएको र स्थानीय तहको चुनावमा आफुले गर्दा पार्टीले प्यानल नै जित्नु सकेको बताउदै आएका छन् । नगरका सबै नेताहरूको तथा कार्यकर्ताको साथ भएकोले आफ्नो उम्मेद्धार रहेको उनले बताएका छन् ।


त्यस्तै रामधुनीका नगर सचिव समेत रहेका दिल बहादुर राई पनि सभापतिको चर्चामा छन् । नेपाली तरुण दल सिंगियाका उपसभापति हुँदा काँग्रेसको १३ औ महाधिवेशनबाट निर्वाचित नगर सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकाले आफू सभापतिको लागी सक्षम भएको उनको दाबी छ ।


संशोधित कार्य तालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसै गरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।