मेनुका डुम्जन , कोरोना भाइरस महामारीको कारण नेपालको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक लगायतका क्षेत्रहरू प्रभावित छन् जसले गर्दा देश गरिवी, बेरोजगारी र भोकमरि जस्ता विषम परिस्थितिहरूबाट पनि गुज्रीनु पर्यो। यही महामारिको चपेटामा हाम्रो देशको शिक्षा प्रणाली पनि अछुतो रहन सकेको छैन । पहिलो लहरको कोरोना भाइरस संक्रमण तिब्र हुन थाले पछि नियन्त्रण गर्न नेपाल सरकारको आदेस अनुरूप २०७६ चैत्र ६ गतेबाट सम्पुर्ण शैक्षिक क्षेत्र बन्द भए र २०७६ चैत्र ११ गतेबाट देशव्यापी लकडाउन जारी गरियो। शिक्षा आर्जन गर्ने मन्दिर भनेर चिनिने धेरै विधालयहरुमा पढाइ बन्द गरेर क्वारेन्टाइन र आइसोलेसन स्थल बनाइयो । जस्ले गर्दा लामो समय विधालयहरुमा नियमित पढाइ हुन सकेन । विस्तारै विद्यालयबाट क्वारेन्टाइन र आइसोलेसन हटाइ निर्मलीकरण गरी पहिलेकै अवस्थामा फर्काइयो । कोरोना प्रभावको धङ्धङी हटेको केही समय नबित्दै पुन दोस्रो लहरको कोरोना संक्रमणले देश आक्रान्त बन्यो । जस्ले गर्दा सुस्त रुपमा अगाडि बढ्दै गरेको शैक्षिक क्षेत्र पुन अवरुद्ध बन्यो ।


यसरी शैक्षिक क्रियाकलाप रोकीएकाले देशको शैक्षिक क्रियाकलापमा दीर्घकालिन असर पुगेको छ।Learning adjusted years of schooling(LAYS) (Filmer et.al 2020)  को रिपोर्ट अनुसार कोरोना महामारी अघि नेपालको लर्निङ एड्जस्टेड यर्स अफ स्कुलिङ् ६।९ वर्ष थियो भने महामारी पछि ६।४(०।५ वर्षसम्म झर्ने अनुमान गरिएको छ । यो गिरावटसंगै भविस्यमा नेपाली विद्यार्थीहरूको वार्षिक आय समेत कम हुने अनुमान गरिएको छ । कोरोना महामारी अघि पनि सामाजिक, आर्थिक, भौगोलिक लगायतका कारण समान शैक्षिक अवसर प्राप्त गर्न नसकेको अवस्था थियो । कोभिड १९ को महामारीपछि यो असमानता झन बढ्ने अध्ययनले देखाएको छ ।


लामो समयसम्म शैक्षिक क्षेत्र बन्दले निम्त्याएको शैक्षिक क्षती रोक्न २०७७ असारबाट वैकल्पिक तरिका ९अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट सामग्री लगायत० बाट अध्यापन गराउने ब्यवस्था मिलाउन विद्यालयहरुलाइ सर्कुलर गरियो । तरअधिकांस सामुदायिक विद्यालय र क्याम्पसमा पुर्वाधार र जनशक्तिले तत्काल साथ दिएन । आर्थिक सर्वेक्षण९२०७६र७७० अनुसार १२ प्रतिसत सामुदायिक विद्यालयसंग मात्र प्रविधि मार्फत शिक्षा प्रदान गर्नसक्ने क्षमता छ । त्यस्तै ६३ प्रतिसत परिवारमा कम्तिमा एक जनासंग वैकल्पिक तरिकाबाट पढ्ने कुनै एक उपकरण ९रेडियो, टेलिभिजन, इन्टरनेट० छ । डिजिटल डिभाइड जस्ता कारण सवै विद्यार्थीहरुले वैकल्पिक शिक्षा पनि राम्रोसँग लिन पाएनन । नीजि शिक्षण संस्थाले अनलाइन लगायत वैकल्पिक तरिकाले पठनपाठन गराए पनि शिक्षण शुल्कका विषयमा सरकारसंग विवाद असोज अन्त्यसम्मै चलिरह्यो । कोरोना भाइरस महामारीको कारण शैक्षिक क्षेत्र बन्द रहदा, नीजि शैक्षिक सङ्गठनहरूले विधालयहरूको आर्थिक सङ्कट टार्न अभिभावकहरूलाइ शुल्क बुझाउन अनुरोध गरेपछि विवाद सुरू भएको हो। जसले गर्दा ती माध्यम पनि भने जस्तो प्रभावकारी हुन सकेन । शिक्षा मन्त्रालयले सहजीकरण निर्देशिका जारि गरेपछि मात्र विवाद टुंगिएको थियो । निर्देशिकामा वैकल्पिक सिकाइ प्रणालीलाइ शैक्षिक सत्रको मान्यता दिने र नीजि विद्यालयले शुल्क लिन पाउने लगायत व्यवस्था गरेको थियो। त्यसै बिच २०७६ सालको माध्यमिक शिक्षा ९एसइइ० परिक्षा रद् गरि एसइइको नतिजा विद्यालयको आन्तरिक मुल्याङकनबाट प्रकाशित गरिएको थियो तर विधालयमाथि मनोमानी अंक दिएको आरोप लाग्यो।


UNESCO(2020) को आँकलन अनुसार नेपालमा ८७ लाख ९६ हजार ६ सय २४ विध्यार्थिहरूमा शैक्षिक क्षेत्र बन्दले असर पारेको छ । शैक्षिक क्षेत्र बन्दको प्रभाव न्युन गर्न शिक्षा मन्त्रालयले सिकाइ सहजिकरण निर्देशिका जारी गरेको भएपनि वैकल्पिक सिकाइको अभियान देशका दूरदराजमा त परैको कुरा शहरकै अली गाँउठाँउसम्म पनि पुग्न सकेन । विद्यार्थीहरुको इन्टरनेटसँगको कमजोर पहुँचले पनि सिकाइ प्रभावित बन्दै गयो । कक्षा १० को एसइइ परिक्षा लगायत विश्वविधालयका वार्षिक परिक्षाहरु शैक्षिक क्यालेन्डर अनुसार हुन सकेन। तर पहिलो लहरको कोरोना भाइरसको असर देशभर कम हुंदै गइसकेको थियो । २०७७ कार्तिक दोस्रो साता विद्यालय पुनस्सञ्चालन कार्यढांचा जारी गरेर संघीय  शिक्षा मन्त्रालयले जोखिमको आँकलन गरी विद्यालय खोल्न सक्ने अधिकार स्थानीय तहलाइ दियो । स्थानीय तहले अधिकार पाएपछि आलोपालो लगायत विधि प्रयोग गरी विद्यालयहरु सञ्चालन गर्न थाले । विश्वविधालयहरूले पनि घरपायक परीक्षा केन्द्र तोकेर रोकिएको परीक्षा लगायत शैक्षिक गतिविधि अघि बढाउन थाले । विश्वविधालयले भर्चुअल विधीबाट परीक्षा र पढाइलाइ मान्यता दिने निर्णय भने गर्न सकेन । लथालिङ्ग बनेको शैक्षिक सत्र विस्तारै लयमा फर्कदै थियो । तर त्यसैवेला दोस्रो लहरको कोरोना कहरका कारण पुन शैक्षिक क्षेत्र बन्द भएको छ र क्षमता भएका विधालयहरुले भर्चुअल विधिबाट पठनपाठन गराइ रहेका छन् ।


यसरी वैकल्पिक प्रणालीबाट अध्यन अध्यापन भैरहेको भए पनि, सामाजिक र आर्थिक रूपले कमजोर क्षेत्र र परिवारका विधार्थिहरुलाइ यो सुबिधा उपभोग गर्न अहिले पनि निकै कठिन छ । प्रविधिको प्रयोगको पहुँचमा नपुगेका विद्यार्थीहरुले पढाइ छोड्ने सम्भावना निकै धेरै छ। तर सामाजिक रूपले सम्मपन्न परिवारको विधार्थिहरुले राम्रो उपकरणहरू प्रयोग गरि घरमै गुणस्तरिय शिक्षा आर्जन गरिरहेका छन् । शैक्षिक बन्दको नकारात्मक प्रभाव सबै भन्दा बढी सामाजिक र आर्थिक स्थिति कमजोर भएको  परिवारका विद्यार्थिहरुमा परेको  तथ्याङ्क रहेको छ। यसले विद्यार्थिहरुको शैक्षिक क्षमतामा ठूलो असमानता ल्याउने जोखिम बढेको छ ।


कोरोना महामारीले विद्यार्थी र अभिभावकहरु मात्र हैन शिक्षकहरु पनि मारमा परे। नीजि क्षेत्रमा काम गर्ने कतिपय शिक्षकहरुले रोजगारी समेत गुमाउनु पर्‍यो । कोरोना महामारीपछि शिक्षालाइ अगाडि कसरी बढाउने भन्ने बारेमा सरकार र नीजि स्कुलका संचालकवीच बढेको विवादका कारण त्यसको मारमा शिक्षक परेका हुन् । नाफामुखी विद्यालय संचालकहरुले अभिभावकबाट शुल्क उठाए पनि शिक्षकहरुलाइ तलव वितरण नगर्दा त्यसको मारमा शिक्षक परेका हुन् । कोरोना महामारीका बेला शिक्षालयहरुले सिकाइलाइ निरन्तरता दिन विकल्प र योजना दिन नसकेको शिक्षाविदहरुले गुनासो गरेका छन् ।


कोरोनाले थिथिलो बनाएको शैक्षिक क्षेत्रमा केहि सकारात्मक प्रभावहरू पनि परेका छन् । समय परिवेश अनुसार आफुलाइ प्रविधिमा अद्यावधिक गरी शिक्षण सिकाइका वैकल्पिक विधि र प्रविधिहरुको खोजि गर्न सिकाएको छ। प्रविधिहरुको प्रयोग गरी वैकल्पिक विधि मार्फत सिक्न र सिकाउन तयारी हुन पनि अभ्यस्त गराएको छ । विद्यालय शिक्षालाइ पनि प्रविधिमैत्री बनाउदै २१ औ शताब्दी अनुरुपको शिकाइमा मैत्री बनाउन , आधुनिक प्रविधि युक्त सिकाइमा स्तरोन्ती हुन एउटा राम्रो अवसर प्राप्त भएको छ। खेल र टाइम पासका लागि मात्र अत्याधिक प्रयोग गरिएका ल्याप्टप, मोबाइल, ट्याब जस्ता विदुतीय उपकरणहरु शैक्षिक सिकाइका सारथी बनेका छन् । प्रविधि र प्रविधियुक्त विद्युतिय सामग्रीलाइ सिर्जनात्मक रूपमा उपयोग गर्ने सुनौलो अवसर कोरोना भाइरसले हामीलाइ दिएको छ ।