आदणिय साथिहरु

              हमी एकता को एतिहासीक महाधिवेशनको पुर्व सन्ध्यामा छौ । यस बेला राजनितिक समिकरण फेरवदल देखि दोस्रो पुस्तामा पुस्ता हस्तान्तरणको कुराले राप्रपाको राजनितिक बृतमा राम्रो वहसको विषय बनेको छ । दोस्रो पुस्ता धवल सम्सेर राणा, राजेन्द्र लिङदेन र विक्रम पाण्डे जस्ताको नामले वजार र राजनितिक वृतमा राम्रोसंग तातेको छ । यि ३ जना मध्य जो कोहिले पनि राप्रपाको नेतृत्व सम्हाल्ने हो भने अहिलेको पहिलो पुस्ता श्री पसुपति सम्सेर जवरा , डा.प्रकाश चन्द्र लोहनी र कमल थापाकै भुमिकामा दोस्रो पुस्ता देखिनु पर्ने हो तर त्यो देखिएको छैन । 

२०७२ सालमा राप्रपा र राप्रपा (नेपाल) विचको एकताको अधिवेशनमा श्री पशुपति सम्सेर जवरा ले अध्यक्ष पदमा आफ्नो उमेद्धार मनोनयन नगर्नु र टेलिभिजन अन्तवार्तामा हामि छलफल गरेर दोस्रो पुस्तामा नेतृत्व हस्तानत्रण गर्ने कुरा डा.लोहनिले भन्नु भएको थियो । तर कमल थापा भने आफ्नै नेतृत्वमा पार्टी अगाडी बढ्ने कुरा भन्नु भएको छ । स्थानिय अनलाइन खवर विटमा धवल सम्सेर राणको अन्तरवार्तामा राप्रपाको अध्यक्षको पदमा लडन तयार रहेको छु, भनेको केहि दिनमा राप्रपा अध्यक्ष कमल थापाले टुइट गर्दै भन्नु भयो दुइ अल्छी घोडाको चेपुवामा परियो भनेर २ वटा अध्यक्षहरुलाई लक्षीत गर्दै गरेको टुइट र बरु एकलै हिड्छु नकारात्मक सोच भएकाहरुसंग टाडै बस्छु  No compromise with viruses जस्ता टुइटले के बुझिन्छ भने कमल थापा दोस्रो पुस्तामा नेतृत्व हरुतान्तरण गर्ने कुरामा नभएको बुझिन्छ । तर आम कार्यकर्ता भने पहिलो पुस्ताबाट पार्टी चल्दैनन भन्ने कुरामा ढुक्क छन् ।

kamal thapa1


kamal thapa

अहिलेको अवस्थामा देहव्यापि आन्दोलनको आधिवेरी चलाउनु पर्ने मुख्य जिम्वेवारीलाई व्यवास्था गर्दै पार्टी भित्र आफ्नो वर्जश्व कसरी स्थापित गर्ने वा कसरी कायम राख्ने कुरालाई केन्द्र विन्दुमा राखेर स्वार्थ समुह गुट खडा गर्दै एक गुट अर्को गुटलाई होच्याउने, बदनाम गर्ने गराउने आफ्नो शक्तिm र सामाथ्र्य लगाएको देख्दा यदि यो क्रम नरोकिने हो भने अन्तत राप्रपाका सबै नेताहरु पुड्का हुने र राप्रपा भित्र राष्ट्रको अभिभावक बन्नेत के भावनात्मक द्धष्टिकोणबाट सबै राप्रपाको अभिभावक बन्न लाएक नेतापनि नभेटिने अवस्था आउने सम्भावना देखिन्छ । राप्रपाका संथापक अध्यक्ष स्वा पुर्य वहादुर थापाले भन्नु भएको थियो यदि तिमि राजनितिक गछौ भने देश र जनता के खोजिरहेका छन् त्यस प्रपि ध्यान दिनु अर्थात समय सापेक्ष राजनितिक एजेण्डामा पुन विचार गर्नु पर्दछ यस परिस्थितिका बावजुद पार्टीलाई प्रभावकारी तरिकाले अगाडि वडाउनका लागी विगत तिन दशक भित्र थुप्रै नेताहरुले पाटीको सत्ता र बिभिन्न नियोगको नेतृत्व सम्हालेर काम गर्ने मौका पाउदा पनि राप्रपा प्रति थप जनतालाई आकर्षित गर्न नसक्नु , मत प्रतिशत नबडनुमा क कसको के कस्ता योगदान वा कमजोरी रह्यो । त्यसैले गुट होइन राप्रपा हेरौँ भन्ने अभियान आ आफ्नो क्षेत्रमा चलाउन देश भरीका सचेत साथिहरुलाई म आवहान गर्दछु । पार्टीलाई जोगाउन र जगाउनकाका लागी निकट भविष्यमा हुन गहिरहेको जिल्ला तहदेखि केन्द्र सम्मको अधिवेशनमा गुट नहेरी हामिले आ आफ्नो विवेक प्रयोग गरेर कुन साथि कुन तहको कुन पदमा उपयुक्त र आवश्यक देखिन्छ उनिहरुलाई तत् तत् पदमा चयन गर्ने गराउने अभियानमा देश भरी चलाउनका लागी हार्दिक अनुरोध गर्दछु । 

आशा छ अहिलेका शिष्ट नेतृत्वमा पुग्ने दृर्ण अठोट राखेका नेताहरुल पार्टी जिवित रहुन्जेल आफ्नो फोटो झुन्ड्याउने सिंगो पार्टी र आफ्नो फोटो बोक्ने कार्यकर्ताहरुले सिर झुकाएर हिड्नु पर्ने अवस्था ल्याउने छैनन् । गुट श्रीजित घात अन्तरघातका कारण नराम्ररी खुम्चिनु परेको तितो सत्यलाई आत्मासाथ गर्दै अव उप्रान्त नेताहरुले मेरो र तेरो गुटको भन्ने योग्यता र क्षमता नहेरी पार्टीको महत्वपुर्ण जिम्वेवारी वाडेर पार्टीका अङगहरुलाई शिथिल बनाउदै अन्तत पार्टीलाई नै कमजोर बनाउने काम गर्नु हुने छैन । पार्टी अवस्था अनुरुप नेता , कार्यकर्ताका कद र सामथ्र्य निर्धारण हुने तथ्यलाई हामिले आत्मासाथ गर्दै राप्रपालाई समय सापेक्ष स्पष्ट विचार , बलियो नेतुत्व भएको पार्टी बनाउन आ आफ्नो स्थानबाट अगाडि महाधिवेशनमा दोस्रो पुस्ताको नेतृत्वमा राप्रपालाई अगाडि बढाउने द्धिर्ण संकल्प गर्रौ । 

raprappa

kamal thapa2

लेखक:- गणेश प्रसाद दुलाल 

राप्रपा (संयुक्त) प्रदेश नं. १ सचिव