उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी फिल्मसम्बन्धी कडा कानुन ल्याएका छन् । उनले आफ्ना नागरिकले विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय हुने कानुन ल्याएका हुन् । प्रतिक्रियावादी विचारलाई परास्त गर्नका लागि नयाँ कानुन ल्याएको बताइएको छ ।

उत्तर कोरियाली जनताबाट कानुनको बर्खिलाप गर्दै अब जापानी, अमेरिकी र दक्षिण कोरियाली फिल्मका सीडी, भीसीडीसहित भेटिए मृत्युदण्ड हुनेछ । यस्तै त्यस्ता फिल्म हेर्दाहेर्दै पक्राउ परे १५ वर्षसम्म जेल सजाय हुनेछ ।

नयाँ कानुनमा कुनै कम्पनीमा काम गर्ने कामदारले गल्ती गरे मालिकलाई पनि कारबाही गर्ने उल्लेख छ । यस्तै, किशोरकिशोरी बिग्रिए उनीहरूका बाबुआमालाई पनि समात्ने व्यवस्था गरिएको छ ।