राधिका जोशी/आज जेठ १९ अर्थात् राजदरबार हत्याकाण्ड भएको दिन । तत्कालीन राजा वीरेन्द्रको वंशनास भएको २० वर्ष पूरा भएको छ । तर, २० वर्षपछि पनि उक्त अकल्पनीय हत्याको रहस्यको पर्दा यथावत् नै छ । अझै त्यो पर्दा कहिलेसम्म रहने हो, त्यो भविष्यको गर्भमै छ । बिक्रम सम्बत २०५८ साल जेठ १९ गते मध्यरातमा दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा बिरेन्द्र शाहको बंश नै नास हुनेगरि राजपरिवारका सबै सदस्यको एकै स्थानमा हत्या भएको थियो । राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएकै बेला गरिएको हत्याकाण्डमा तत्कालिन राजा बिरेन्द्रका साथै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको मृत्यु भएको थियो ।

राजपरिवार बंशनास हुनेगरी भएको ‘दरबार हत्याकाण्ड’पछि तत्कालीन सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीशलगायत सम्मिलित छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रलाई घटनाका लागि जिम्मेवार ठह¥यायो तर त्यसमाथि आम नेपालीले अझै विश्वास गर्न सकेका छैनन् । जसका कारण घटना अझैपनि रहस्यपूर्ण बन्दै गएको छ ।

नेपाली नागरिकले कहिल्यै भुल्न नसक्ने यो त्रासदीपूर्ण राजदरवार हत्याकाण्डपछि मुलुकको राजनीति अहिले नयाँ मोडमा आईपुगेको छ । मुलुकको राज्यव्यवस्था समेत परिवर्तन भएर देशमा गणतन्त्रको स्थापना भएको छ । देशको हरेक राज्यव्यवस्थाको निर्णायक भूमिकामा अहिले नेपाली जनता छन् । तर, यतिवेला सत्ता र शक्तिको खिचातानीमा दरबार हत्याकाण्डलाई राजनीतिक दलहरुले बिर्सेका छन् । दुइ दशक बितिसक्दा पनि सम्बन्धित निकायबाट उक्त घटनाको सही छानविन नहुनु र दोषीलाई कारवाही गर्न नसक्नु आम जनमानसको लागि चासोको विषय मात्रै बनेको छैन, २० वर्षको अवधिमा हत्याकाण्डलाई ‘कालो दिन’ अर्थात कालरात्री भनेर धिक्कार्नु भन्दा हत्याराहरुको पहिचान गर्न नसक्नु नै नवशासकहरुकालागि चुनौती बनेको छ ।

यतिबेला जनताकालागि नारायणहिटी राजदरबार खुल्ला भएको छ । दरबार खुल्यो, तर हत्याको रहस्य खुल्ला कि नखुल्ला ?हत्याकाण्डको पुनः छानविन होला कि नहोला ? कसैले यसको छानविन गर्लान कि नगर्लान ? यदि छानविन भइहाले पनि धेरैजसो प्रमाण नष्ट भइसकेका छन् । हत्याकाण्ड भएको स्थल त्रिभुवन सदन भत्काएर पुर्ननिर्माण गरिसकिएको छ । शुरुमा नारायणहिटीभित्रको त्रिभुवन सदन ढल्यो, पछि राजतन्त्र नै ढल्यो । भवन र व्यवस्था ढल्दै जान्छन्, इतिहास बन्दै जान्छ । तर, नारायणहिटी हत्याकाण्डको रहस्य भने अस्पष्ट इतिहासका रुपमा रहिरहेको छ । यसको स्वतन्त्र छानबिन हुनै सकेको छैन । आखिर किन र कसले ग¥यो श्री ५ बीरेन्द्रको बंश नाश ? यो प्रश्नको उत्तर कसले र कहिले दिने ?

उसोत, गणतन्त्र स्थापना हुनुअघि राजाका रुपमा ज्ञानेन्द्र शाहको शासनकाल नेपालमा प्रारम्भ भयो । तर, उनको शासनकालपनि धेरै वर्ष टिक्न सकेन । जनआन्दोलन २०६२÷६३ को सफलतासंगै राजसंस्थाकै अन्त्य हुन पुग्यो । कतिले त्यतिबेला राजा ज्ञानेन्द्रलाई दरबार हत्याकाण्डको दोष थुपारे । अनेक प्रश्न खडा गरे । फलस्वरुप दरबारबारबाट बाहिरिदा पूर्वराजा ज्ञानेन्द्रले आफ्नो पक्षमा बोल्ने कोहि नभएको गुनासो गरेका थिए । राजा ज्ञानेन्द्रमाथी हत्या आरोप लगाउनेहरुलेपनि प्रमाण जुटाउन सकेका छैनन् । बिना प्रमाण आरोप लगाइएकोमा झनै जनताको विश्वास मात्रै गुमाएका छैनन् । नवशासकहरु भन्दा राजसंस्थाको खाचो जनताले महशुस गर्न थालेका छन् । तेतिबेला राजा ज्ञानेन्द्रलाई विभिन्न आरोप लगाउदै देश छोड भन्ने जमातहरु यतिबेला खाडिको मरभुमिबाट राजा ज्ञानेन्द्रलाइ सम्झिदै भनिरहेका छन् गणतन्त्र भन्दा राजतन्त्र नै बेस । नवशासक भन्दा राजा ज्ञानेन्द्र नै बेस । उनिहरु नेपालमा पुनः राजतन्त्रको माग समेत गर्न थालेका छन । बर्तमानमा देखिएको राजनीतिक किचलोका कारण दिक्क वाक्क भएकाहरुले पुन राजतन्त्रको गुणगान गाउन थालेका छन् । देशमा बढेको भ्रष्टाचारकै कारण बर्तमान राजनीतिक प्रयोग असफल भएको छ । हिजोका दिनमा राजतन्त्र फालेर गणतन्त्रकालागि होमिएकाहरुबाटै नेपालमा राजतन्त्र नै उचित भन्ने आवाज सुन्नमा आएको छ । लोकतन्त्र भन्दा उन्नत राजनीतिक व्यवस्था संसारमा नभएको तर्क गर्नेहरुनै लोकतन्त्र कमजोर भएको तर्क गर्न थालेका छन् ।

हुनपनि बिश्व इतिहासमै राजतन्त्र भएको मुलुक जस्तै ः बेलायत, जापाल, साउदी, कतार, बेल्जियममा शान्ति र विकास भएको छ भने राजतन्त्र फालेर गणतन्त्र ल्याएको मुलुक जस्तै अफ्गानिस्तान, इरान लगायतका देशहरुमा द्धन्द र अशान्ती,, विदेशी हस्तक्षेप प्रसस्तै भएको पाइन्छ । त्यसैलेपनि नेपालमा शान्ति, स्थायीत्व, विकास र सार्वभौम राख्नकालागि राजसंस्थाको अभिभावकत्वको आवस्यकता दिनप्रतिदिन खड्किन थालेको छ ।