राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन स्थगित भएको छ । राप्रपाकाे आज बसेको बैठकले कोरोना संक्रमणका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।  बैठकपछि राप्रपाले विज्ञप्ति जारी गर्दैयसअघि आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन हाललाई स्थगित गरिएको जनाएको छ । साथै महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।  यस्तै राप्रपाले कोरोना संक्रमितका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री, औषधीलगायतको तत्काल व्यस्था गर्न सरकारसँग माग गरेको छ । साथै राप्रपाले कोभिड–१९ सँग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रही परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

185784093_308119364257916_6397895795552810071_n