नेपाल स्काउट ललितपुरको गोदावरी नगर संयोजकको जिम्मेवारी युवा स्काउट तथा पत्रकार दिपक अर्यालले पाएका छन । बैशाक ९ गते बसेको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठकले उनलाई गोदावरी नगरपालिकाको संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै ललितपुर महानगरपालिको संयोजकमा गोपाल महर्जन , महालक्ष्मी नगरपालिकामा मुना खनाल बागमती गाउँपालिकामा बाबुलाल घलान, कोन्ज्योसोम गाउँपालिकामा मिलन तामाङ  र महाँकाल गाउँपालिकामा कल्याण महतले संयोजकको जिम्मेवारी पाएका छन । बिगत ९ बर्ष देखि नेपाल स्काउटको आवधिक निर्वाचन नभएको अवस्थामा स्काउटिङ गतिबिधिहरु संचालन गर्नका लागि देशका ७ सय ५३ वटै स्थानिय तहमा संयोजक तोकिएको छ ।  

स्थानिय तहको स्काउट संयोजकको जिम्मेवारी पाएकाहरुलाई स्काउटका शैक्षिक, सामाजिक तथा सांगठनिक गतिबिधिहरुलाई स्थानिय स्तरमा विस्तार गरि नेपाल स्काउटको लक्ष्य र  निर्णयहरु कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको छ । स्थानिय तहका स्काउटहरुले हरेक बिद्यालयमा स्काउट इकाई  निर्माण गरि  बालबबालिका तथा युवाहरुलाई स्काउटिङ अभियानमा सहभागि गराइने छ ।