पुर्वी पहाडी जिल्ला संखुवासभाबाट उच्च शिक्षाको लागि सुनसरी आउने विद्यार्थीहरुलाई समेट्दै संखुवासभा सुनसरी नेविसंघ गठन भएको छ ।

हिजो सोमबार संखुवासभाबाट सुनसरीका विभिन्न क्याम्पसहरुमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूको भेलाले जनता बहुमुखी क्याम्पसमा अध्ययनरत छात्र दिप खड्काको संयोजकत्वमा संखुवासभा सुनसरी नेविसंघ गठन गरेको हो ।

नेविसंघका युवा नेता सन्दिप निरौलाको संयोजनमा सुनसरीका विभिन्न क्याम्पसहरुमा अध्ययनरत संखुवासभा स्थायि ठेगाना भएका विद्यार्थीहरुको भेला गरी २१ सदस्यीय समिति गठन गरिएको हो ।

संखुवासभा सुनसरी नेविसंघले संखुवासभाबाट उच्च शिक्षा हाँसिल गर्न सुनसरी झरेका विद्यार्थीको हकहितको लागि पहल गर्ने,समस्यामा परेका विद्यार्थीहरुका समस्या समाधानका लागि संयोजन गर्ने लगायतका काम गर्न जानकारी नेविसंघका नेता सन्दिप निरौलाले जानकारी दिए ।

कोभिड कहरका कारण अहिले बृहत भेला गर्न नसकिएको कारण संखुवासभाका सबै विद्यार्थी भेला हुन नसकेकोले क्रमिक रुपमा सबैलाई समितिमा आबद्ध गराउने जानकारी नवगठित समितिका संयोजक दिप खड्काले दिए ।