भारतमा कोरोना संक्रमणको स्थिति भयावह हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८९,०१९ नयाँ संक्रमित भेटिएका छन् । यसको तुलनामा ४४,१७६ संक्रमित निको भइसकेका छन् जबकी यो महामारीमा ७१३ को मृत्यु भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गरिरहेका बिरामीको संख्यामा ४४,१२३ को वृद्धि भएको छ । यसअघि १६ सेप्टेम्बरमा सबैभन्दा धेरै ९७,८६० बिरामी भेटिएका थिए । त्यसपछि यो आँकडा कम हुन सुरु भएको थियो । 

देशमा हालसम्म १।२४ करोड मानिस यो महामारीको चपेटमा आएका छन् । करिब १।१५ करोड निको भइसकेका छन् ।