इटहरी, पछिल्लो समय देखिएको नेपालको राजनितिक अत्तारचडापका कारण नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढ्दै गएको छ । दुइ तिहाइको सरकारले नेपालको बिकास गर्नुको सट्टा बिकासको बाधक बनेको भन्दै युवाहरु नेपाली काग्रेस तर्फ आकर्षित हुन थालेका हुन् ।  देश चलाउन भनेर सरकारमा बसेका नेतृत्वकर्ताले देश र जनताका लागी भन्दा स्वयम आफ्नो स्वार्थमा मात्र लागेर नेपालको कानुन भन्दा बाहिर गएर बिभिन्न निर्णयहरु गरेको भन्दै अव युवाहरुले जागरुक हुने समय आएकाले युवाहरु काग्रेस तर्फ लाग्न थालेका हुन् । हाल विभिन्न स्थानमा राजनितिक पकड बलियो बनाउने उदेश्यले नेपाली कांग्रेसका बिभिन्न संगठनहरु बिस्तार हुने क्रम पनि जारि रहेको छ । नेपाली कांग्रेसको संगठन थप बलियो बनाउने उद्देश्यले बिभिन्न समितीहरु समेत विस्तार गरिएको पाइन्छ ।

नेपाली काग्रेसका युवा नेता तथा आमन्त्रित नगर सदस्य तथा समाजसेवी अनिष सुवेदी भन्छन् अवको राजनितिलाई युवाहरुले मात्रै सफल बनाउन सक्ने भएकाले कांग्रेस पार्टीकमा विभिन्न तहमा नेतृत्व लिने गरी युवाहरु लाग्नु पर्दछ । भविष्यमा नेपाली काग्रेसलाई सफल बनाउनको लागि काग्रेसले तत्काललै जनता, मतदाता र कार्यकर्तालाई सक्रिय बनाएर योजनाबद्ध तरिकाले लाग्नु पर्नेमा उनले जोड दिए । सुवेदी भन्छन् देशको नेतृत्व गर्ने खम्बानै मकाएको छ देश भनेको युवाले बनाउने हो । विश्वका जुनसुकै राष्ट्रमा हेर्ने हो भने देश विकासमा युवाकै भुमिका महत्वपुर्ण रहेको उनको तर्क छ ।

तरुण दलमा आबद्ध हुन आएका युवाहरुले नेकपा लगायत अन्य पार्टीले युवालाई फाइदा पुग्ने कुनै पनि कार्यक्रम नल्याएको र युवाहरुलाई सधै राजनीतिमा कार्यकर्ताको रुपमा प्रयोग गर्दै आफू नेतृत्वमा पुगे पछि युवाहरुलाई लात हान्दै छोड्दै जाने प्रवृत्तिले आफूहरु नेपाल तरुण दलमा आएको तरुण दल सुनसरी जिल्ला सदस्य सन्दिप अधिकारी बताउछन् ।

नेपाली समाजलाई सम्बृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन युवाले महत्वपूर्ण भूमिका खेल्ने तरुण दल सुनसरी जिल्ला सदस्य निकेश खतिवडा बताउछन् । 

nepalo kagrase


Capture