प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई धारणा राख्न समय दिएका छन्।

माओवादी केन्द्रका सांसद् टेकबहादुर बस्नेतले जिल्ला लोकतन्त्रको अभिलेख भन्ने गोप्य समिति गठन गरेको र सरकारले गोप्य निर्णय किन गरेछन् भनेर जवाफ मागेका छन्।

कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भाषा परीक्षा पास गरेर दक्षिण कोरिया जान पर्खाइमा रहेका युवायुवतीलाई कोरिया पठाउन आग्रह गरेकी छिन्।