भारतमा पछिल्लो दिनमा तिव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। पछिल्लो केहि दिन यता दैनिक ६० हजार हाराहारीमा संक्रमित थपिरहेका छन्।विभिन्न प्रदेशमा कोरोना नियन्त्रणका लागि लकडाउनलगायत थुप्रै सावधानी अपनाउँदा पनि संक्रमणदर नियन्त्रणमा आउन सकेको छैन।

पछिल्लो २४ घन्टामा मात्रै भारतमा ६२ हजार ७ सय १४ संक्रमित थपिएका छन्। सोही समयमा ३ सय १२ जनाले ज्यान गुमाएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म कूल संक्रमित संख्या १ करोड, १९ लाख, ७१ हजार ६ सय २४ पुगेको छ।

यस्तै भारतमा कोरोनाबाट ज्यान गुमाउने कूल संख्या १ लाख, ६१ हजार, ५ सय, ५२ पुगेको छ।