भारतमा कोरोना भाइरस संक्रमितको संख्याले फेरी नयाँ रेकर्ड कायम गर्न थालेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा एकैदिन यति धेरै संक्रमित पुष्टि भएको यो वर्षकै धेरै भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृत्यु भएको जनाइएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ रहेका बताइएको छ ।

यसैबीच भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने भारतले जनाएको छ ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित भएपछि भारतले यसको खण्डन गरेको हो ।