नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ । मङ्गलवार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले काठमाण्डाैमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमालले सोधेको स्पष्टीकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताउनुभएको हो ।makunee-1

उहाँले स्पष्टीकरणबाट आफूहरू नतर्सेको समेत बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘आज एक जनाले विनम्र भावले भन्दै हुनुहुन्थ्यो केपी ओलीसँग मिल्नका लागि के गर्नुपर्‍याे भने उहाँले जे–जे कारबाही गर्नुहुन्छ सहेर भए पनि, पार्टीबाट निकालि दिनुहुन्छ भने पनि, पार्टीबाट निकालिए पनि चुप लागेर सहेर बसिदिनुहोस् । के त्यही बाटोमा हामी जाने हो ? के घुँडा टेक्ने बाटोमा हामी जाने हो ? हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौँ । हामी आतङ्कित भएका छैनौँ । त्यसको सामना गर्न तयार छौँ ।’