चिनियाँ राष्ट्रपति सी जिनेपिङले चीनमा जारी बेइजिङ ओलम्पिक्सले आफना ३० करोड जनता प्रेरित भएको बताएका छन । यसले अन्तर्राष्ट्रिय ओलम्पिक उद्देश्यको विकासमा ठूलो योगदान गर्ने उनको विश्वास छ । मानिसहरूको शारीरिक स्वास्थ्य सुधार गर्न सामूहिक शीतकालीन खेलकुदहरू तीव्र रूपमा विकास गर्नुपर्ने भन्दै उनले खेलले आपसी साझेदारी, खुलापन र सरसफाइने समेत मद्दत पुग्ने धारणा राखे । खेल आयोजना भने पर्यावरण अनुकूल हुने सिद्धान्तमा व्यवस्थित हुनुपर्ने को भनाइ छ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको खेलहरू उत्साहकासाथ भैरहेका छन । ९१ राष्ट्र सहभागीे
काठमाण्डौ । चीनमा नयाँ वर्षको चहलपहल, राष्ट्रपतिदेखि सर्वसाधारण उत्साहीत चीनमा भव्यतापूर्वक नयाँ वर्ष मनाइदैछ । कोरोना संक्रमणको त्रास हटेपछि यसपटक चीनमा भव्यतापूर्वक नयाँ वर्ष मनाइदैछ । राष्ट्रपति सि जिनपिङदेखि सर्वसाधारणले उत्साहका साथ नयाँ वर्ष मनाइरहेका छन । फेब्रुअरी १ बाट नयाँ वर्षका लागि बिभिन्न कार्यक्रम आयोजना गरिएकाछन । मानिसहरूको सबैभन्दा ठूलो आवतजावत भर्खर सुरु हुन लागेको छ । चीनमा दशौँ लाख मानिसहरू हजारौँ माइल यात्रा गरेर नयाँ वर्ष मनाउन आफ्नो घर जाने गर्छन् । कतिपयका लागि यो परिवार भेट्ने वर्षको एक मात्र अवसर हो । उनीहरू यो अवसर खेर जान दिन चाहँदैनन् । चाडपर्
काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणको प्रकोप बढेपछि उत्तरी सियान सहरका करिब एक करोड ३० लाख बासिन्दालाई घरमै बस्न आदेश दिएको छ ।यही डिसेम्बर ९ तारिखयता उत्तरी सहरमा १४३ जनामा संक्रमण पुष्टि भएपछि ‘लकडाउन’ गरिएको हो । सियान सहर रहेको शान्सी प्रान्तमा लाखौँ परीक्षण गरिएका छन् । बुधबार घोषणा गरिएको नयाँ प्रतिबन्धानुसार अत्यावश्क वस्तु किनमेल गर्न प्रत्येक घरबाट दुई दिनमा एक जनालाई मात्रै निस्कन अनुमति दिइएको छ । सियानवासीहरू विशेष परिस्थितिमा बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउने छैनन् ।स्थानीय समयानुसार मध्यरातदेखि कार्यान्वयनमा आएको प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म
साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले शुक्रबार ७५ अर्ब रियाल (करिब २० अर्ब डलर) लगानीमा बन्ने ‘मास्टर डेभलपमेन्ट डाउनटाउन जेद्दा प्रोजेक्ट’को उद्घाटन गरेका छन् । यसलाई ‘न्यू जेद्दा डाउनटाउन’को नामले पनि चिनिँदै आएको छ । यो परियोजनालाई ५०.७ लाख वर्ग मिटर क्षेत्रमा विकसित गरिनेछ ।यो परियोजनालाई केन्द्रीय जेद्दा विकासको सार्वजनिक लगानी कोषबाट तीन चरणमा तयार गरिनेछ । यसमध्ये पहिलो चरण २०२७ को अन्त्यसम्म पूरा गरिनेछ । त्यसपछि देश तथा विदेशका मानिसहरु डाउनटाउन जेद्दा आउन सक्नेछन् । साउदी प्रेस एजेन्सीका अनुसार यसलाई सार्वजनिक लगानी कोष र देश विदेशका लगानीकर्ताको कोषबाट तयार गर
स्कुल विदा भएपछि मदिरा, ड्रग्ससहित सेक्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी पक्राउ परेका छन् । उनीहरुलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको हो । केन्याको मुरंगामा एक माध्यमिक विद्यालयका यी विद्यार्थीहरु, मदिरा, ड्रग्सको नशामा सामूहिक यौन सम्बनधसहित पार्टी गरिरहेका थिए । घटनास्थलमाट महिला र पुरुष गरी १६ जना विद्यार्थीलाई पक्राउ गरिएको छ । अन्य संदिग्धहरुको खोजी जारी छ ।यो स्कुल देशको गिटिटु प्रान्तमा छ । स्कुलबाट विद्यार्थीहरुलाई चाडपर्वको विदा दिइएको थियो ताकि उनीहरु आफ्नो घर जान सकुन् । विद्यार्थीहरु बसमा चढेर स्कुलबाट निस्किएका थिए । तर, घर जानुको सट्टा ठूलो संख्यामा विद्या
नयाँ दिल्ली । नयाँ दिल्ली- सन् २००८ मा पाकिस्तानी आतंककारीको योजनामा भएको पुष्टि गर्ने एक नयाँ वायर टेप रेकर्डिङ प्राप्त भएको भारतीय सुरक्षा निकायले जनाएको छ ।उक्त टेप रेकर्डिङमार्फत आतंककारीहरूले चाबड हाउसमा आक्रमण गर्ने योजना बनाएको टेलिफोन वायरट्यापमार्फत खुलेको हो । भारतको सरकारी स्रोतका अनुसार चाबड हाउसमा ६ जना आतंककारीसमेत मारिएका थिए।रेकर्डिङहरूले आक्रमणको केन्द्र चाबड हाउस यहूदी स्थानको रूपमा खोजिएको खुलासा गरिएको छ ।उक्त टेपमा पाकिस्तानमा रहेको लश्कर-ए-तैयबाका सदस्यहरू र उनीहरूका नेताहरूबीच भएको कुराकानी रहेको समेटिएको भारतीय गुप्तचरले प्राप्त गरेको हो ।जिहादीहरूले नोभेम्बर २००८ मा ६०
एजेन्सी / भारतको केरलामा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो । केरलाको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो ।शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
एजेन्सी । आज १८ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाःअमेरिकामा दास प्रथा अन्त्य स् सन् १८६५ को १८ डिसेम्बरमा अमेरिकी संविधानमा १३औं संशोधन भएको थियो । यो संशोधनले अमेरिकामा दासा प्रथालाई पूर्ण रुपमा निर्मूल गरेको थियो । त्यस्तै, १४ औं र १५ औं संशोधनले क्रमशः नागरिकको अधिकार र वर्ण,धर्म जात, जाति, लिंग आदिका आधारमा विना भेदभाव मतदान गर्ने अधिकार सुनिश्चित गरेको थियो ।ट्रम्पलाई महाअभियोग स् सन् २०१९ मा आजकै दिन अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । पद दुरुपयोग गरेको र संसद अबरोध गरेको आरोप लगाउदै माथिल्लो
काठमाडौं । इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार भूकम्प आएसँगै सुनामीको चेतावनी दिइएको छ । यद्यपि अहिलेसम्म मानवीय र अन्य क्षतिको कुनै विवरण आएको छैन ।भूकम्पको केन्द्रविन्दु भन्दा एक हजार किलोमिटर वरपरको क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ । यूएसजीएसले मानवीय क्षतिको सम्भावना कम रहेको बताएको छ । यद्यपि यसअघि पनि भूकम्पको कारण पहिरो तथा समुद्री आँधी जस्ता विपत्ति उत्पन्न हुँदै आएका थिए ।भूकम्पपछि अहिले मानिसहरु सबै सडकमा निस्किएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ । गत वर्ष सुलावेसी टापुमा ७.५ म्याग्
एजेन्सी । अमेरिकी राज्य केन्टकीमा शुक्रबार राति आएको आँधीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको छ । रातभर आएको टोर्नाडो आँधीबाट मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राज्यका गभर्नर एन्डी बेसियरले राज्यको इतिहासमा यो नै सबैभन्दा खराब आँधी भन्दै मृतकको सङ्ख्या दोब्बर हुनसक्ने जनाएका छन् ।केन्टकीमा सङ्कटकाल घोषणा गरिएको छ । प्रहरीका अनुसार आँधीले राज्यको पश्चिमी भागमा ठूलो क्षति गरेको छ । विनाशकारी आँधी प्रतिघण्टा ७० र सय माइलको बीचमा रहेको अनुमान छ । अमेरिकी राष्ट्रिय मौसम विभागले अर्कान्सास, टेनेसी, मिसौरी र इलिनोइसलगायत राज
Copyright © 2015 / 2022 - Saptakoshionline.com - All Rights Reserved.