रेलवे परियोजना स्थानिय अन्यौलमा

रेलवे परियोजना स्थानिय अन्यौलमा
इटहरी , पछिल्लो सयमा नेपालको विभिन्न स्थानमा निर्माण अघि वढाइएको रेल परियोजनाले अहिले सवै नेपालीलाइ उत्साहित वनाएको छ । तर रेलवेकालागी व्यत्तिको जग्गा रोक्का गरेर परियोजनाको काम अगाडि नवढ्दा सुनसरीका सयौ व्यत्ति अन्यौलमा परेका छन् । नेपालमानै छुक्छुके रेलमा सयर गर्ने सपना देखेका इटहरी १२ का स्थानीको अहिले दिनको भोक र रातको निद्रा हराएको छ । सुनसरी,मोरङ्क र झापाको हजारौ घर परिवारको जग्गा केहि महिना...

प्रहरी सहायक निरिक्षक केसी जिल्लाकै उत्कृष्ट प्रहरी घोषित

प्रहरी सहायक निरिक्षक केसी जिल्लाकै उत्कृष्ट प्रहरी घोषित
इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक निरिक्षक उमेश केसी सुनसरी जिल्लाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। केसीलाई जिप्रका सुनसरीले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो। संघीय प्रहरी इकाई कार्यालय धरान ट्राफिक व्यवस्थापन शाखामा दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरीमा मुद्दा शाखामा कार्यरत केसीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले कातिक महिनाको सुनसरी जिल्लाको उत्कृष्ट...

अहमदिया संघ नेपालले आयोजना गरेको मुस्रर टि २० क्रिकेट प्रतियोगिता उद्घाटन

अहमदिया संघ नेपालले आयोजना गरेको मुस्रर टि २० क्रिकेट प्रतियोगिता उद्घाटन
इटहरी । कोभिड १९को विश्वव्यापी महामारीले गर्दा कतिपय खेलकुद प्रतियोगिताहरु अझैपनि आयोजना हुन नसकिरहेको राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशव कुमार विष्टले वताएका छन । सुनसरीको इटहरीमा अहमदिया संघ नेपालले आयोजना गरेको मुस्रर टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व सदस्य सचिव विष्टले कोभिडका कारण नेपाली खेलकुद क्षेत्र समेत प्रभावित वन्दै आएको वताएका हुन । ...

रोटरी क्लव अफ इटहरी द्धारा ह्वीलचेयर वितरण

रोटरी क्लव अफ इटहरी द्धारा  ह्वीलचेयर वितरण
इटहरी । अपागंता भएका सुनसरीका दस जना मानिसहरुलाई रोटरी क्लव अफ इटहरीले सहयोगी सामाग्री ह्वीलचेयर वितरण गरेको छ । सामाजिक सेवाका क्षेत्रमा सक्रिय योगदान गर्दै आएको रोटरी क्लव अफ इटहरीले अपागं महिला चेलीवेटी समजका सात जना , बराहक्षेत्र ९ प्रकाशपुरका दुइ जना र इटहरी ५ जनता बस्तीका एक जनालाई ह्वीलचेयर वितरण गरिएको हो । रोटरी क्लव डिष्ट्रीक ३२९२ सर्भिस प्रोजेक्ट अन्र्तगत आएको सहयोगबाट अपागंता भएकाहरु...

बास्तविक किसानले अझै पाउन सकेनन् अनुदान

बास्तविक किसानले अझै पाउन सकेनन् अनुदान
इटहरी । माछा पालन गर्ने सुनसरीका  किसानहरुले सरकारले उपलव्ब्ध गराउने अनुदान बास्तविक किसानले अझै पाउन नसकिरहेको गुनासो गरेका छन । सुनसरीको रामधुनी नगरपालिका ६मा सात जना युवाहरुले संयुक्त रुपमा सञ्चालन गर्दै आएको टिम अफ ट्रष्ट बहुउद्धेशिय कृषि फार्मका सञ्चालकले वास्तविक किसानहरुले अहिले पनि सहज रुपमा अनुदान पाउन नसकिरहेको गुनासो गरेका हुन । दुइ विघा क्षेत्रफलमा माछा पालनका लागि पोखरी खनाएर माछा प...

इटहरीमा १८ करोडको लगानिमा बन्दैछ अस्पताल

इटहरीमा १८ करोडको लगानिमा बन्दैछ  अस्पताल
इटहरी/ इटहरी उपमहानगरपालिका मा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । इटहरीको बिकासको ठुलो योजना अन्तर्गत इटहरी वडा न ९ मा १५ शैयाको अस्पताल निर्माण गरिने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार अक्त अस्पतालको शिलान्यास गरेका छन् । जम्मा लगानि १८ करोड ६८ लाख २ हजार मा निर्माण सम्पन्न गरिने अस्पताल सुबिधा सम्पन्न रहने कुरा इटहरी उपमहानगरपालिका प्रमुख द्धारीकलाल चौधरीले जानकारी दिएका ...

बिरामी बाेकेकाे एम्बुलेन्स विराटनगरमा दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

बिरामी बाेकेकाे एम्बुलेन्स विराटनगरमा दुर्घटना : एकको मृत्यु, तीन जना घाइते
विराटनगर, १५ मंसिर । विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोक्किएर सोमबार बिहान १ बजेतिर दुर्घटना भएको छ । दुर्घटनामा परेर उपचारका लागि सप्तरीबाट विराटनगर ल्याँदै गरेका बिरामीको मृत्यु भएको छ । एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्ब...

२४ घण्टामा १२५५ संक्रमित थपिए, २५ जनाको मृत्यु

२४ घण्टामा १२५५ संक्रमित थपिए, २५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १२ सय ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ४ जना डिस्चार्ज हुँदा २५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने २ लाख १२ हजार बढी डिस्चार्ज भएका छन्। मृतकको संख्या भने १४ सय ७९ पुगेको छ। देशभर क्वारेन्टिनमा ६३२ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ९०९ ज...

कोरोना व्यवस्थापनमा ११ स्थानीय तह उत्कृष्ट

कोरोना व्यवस्थापनमा ११ स्थानीय तह उत्कृष्ट
बलेवा । बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आध...

पानवारीको चर्चित धान उत्पादनमा कमी

पानवारीको चर्चित धान उत्पादनमा कमी
इटहरी , बजारमा पाइने धेरै प्रकारको चामलको प्याकेटमा पानवारीको धान लेखिएको हुन्छ । उपभोत्त झुक्याउन लेखिएको पानवारीको वारेमा धेरैलाइ थाहा नहुन सक्छ । निकै स्वादिष्ट मानिने सुनसरीको उत्तरी क्षेत्र पानवारीमा फल्ने धानवाट स्वादिष्ट चामल निस्कने गर्दछ । तर यस वर्ष निक्कै कम धान फले पछि यहाका किसान चिन्तित वनेका छन् मिठो स्वाद र वास्नायुत्त चामलकालागी प्रसिद्ध सुनसरीको पानवारीको धान उपभोत्ताको पहिलो रोज...