‘राजाको पक्षमा जनता आफै उर्लिएका हुन्’
देशमा पछिल्लो केही महिनायता सङ्घीयता खारेजीको मागसहित राजसंस्था पुनस्र्थापनाको माग गर्दै आन्दोलन र प्रदर्शन हुन थालेका छन् । यो प्रदर्शनले देशमा पुनः राजसंस्था ब्युँतिने हो कि भन्ने आशङ्काहरू पनि उत्पन्न हुँदैछन् । यहीबेला केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेको अवस्था छ । प्रतिनिधिसभा विघटन हुनुअघि देशका विभिन्न जिल्ला तथा सहरमा राजावादीहरूले हिन्दु राष्ट्र, सङ्घीयता खारेज र राज...