मोरङ/ मोरङबाट १५ वर्षिय सविना दर्जी वेपत्ता भएकी छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ कि सविना माघ २५ गतेबाट वेपत्ता भएको परिवारले जानकारी दिएका छन् ।
दुलारीमा रहेको साजीलाल माध्यमिक विद्यालयको कक्षा दशमा अध्यानरत उनि माघ २३ गतेसम्म विद्यालयको परिक्षामा सामेल भएको प्रध्यानध्यापक कल्याणप्रसाद सिटौलाले जानकारी दिए । उनि २४ गते शनिबार घरमा नै बसेर अध्यान गरेकी उनि २५ गते आइतबार पनि विद्यालय जान पोसाकसहित घरबाट हिँडेकी थिइन् । खोजी गर्ने क्रममा दुलारी चौकमा रहेको एक सि.सि क्यामेराको फूटेजमा उनि लोक मार्ग हुँदै पूर्वतर्फ लागेको देखिएको थियो ।
उनि भारत तर्फ लागेको हुनसक्ने भन्दै परिवार तथा विद्यालयले तुरुन्तै माइति नेपालको विराटनगरमा रहेको कार्यालयलाई फोटोसहित जानकारी गराईएको सिटौला बताउँछन् । त्यसपछि निरन्तर खोजीमा लागे पनि अहिलेसम्म उनि कहाँछिन् भने पत्ता नलागेको परिवारले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया