सुनसरी/ खनार ट्राफिक बिटले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । सडक क्षेत्रमा ध्वाँनी प्रदुषणले निम्त्याउने जोखिमलाई न्युनिकरण गर्ने उद्धेश्यल सो अभियान ल्याएको हो । खनार ट्राफिक बिट कार्यालयका प्रहरी सहायक निरीक्षक अमर तामाङ नेतृत्वको टोलीले सो अभियान थालेको हो । सो क्रममा ट्राफिक सहितका प्रहरीले यात्रु बस तथा मालबाहक ट्रक रोकेर चालकलाई नमस्कार गर्दै अभियानको बारेमा जानकारी गराउन थालेका छन् । यो नियमको पालना नगर्ने सवारी चालकले कानुन अनुसारको सजाय समेत भोग्नुपर्ने प्रहरीले जानकारी पनि गराएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०५० को दफा १६४ ‘घ’–३ अनुसार ध्वनी प्रदुषण गरेवापत काबाही गर्ने १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव निरिक्षक विष्णु बस्नेत बताए । ट्राफिक प्रहरीले चालक समक्ष ध्वनी प्रदुषण रोक्नको लागि अभियान कार्यान्वयनमा साथ दिन सवारी चालकलाई समेत आग्रह गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया