धनकुटा। तीनदिने प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम प्रदेश प्रमुख शाेमनाथ अधिकारी प्यासिकाे प्रमुख आतिथ्यतामा सहिदभूमि गाउँपालिकामा उद्घाटन समाराेह सम्पन्न गरिएकाे छ ।

उक्त समाराेहकाे उद्घाटन गर्नुहुदै प्रमुख अतिथि १ नम्वर प्रदेश प्रमुख शाेमनाथ अधिकारी प्यासिले सहिदभूमि गाउँपालिकाका जनप्रतिनिधि उर्जासिल रहेकाे बताउनु भएकाे हाे ।

उहाँका अनुसार जेष्ठनागरिकहरूलाई साैन्दर्यता प्रदान गर्दै जिवनकाे उतारधमा हासि खुसि रमाएर बाच्ने, प्राकृतिक सुन्दरता र उर्बरभुमि जस्तै उर्जासिल नागरिक रहेकाे सहिदभूमिमा प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहारकार्यक्रम शान्दर्भिक रहेकाे छ ।

२०३६ सालकाे हत्याकाण्डका १६ सहिदका रगतले सिन्चित याे सहिदभूमि गाउँपालिकाका जनप्रतिनिधिहरू ईमान्दार, निष्पक्ष, प्रगतिशिल साथै उतरदायिभएर हरेक गतिविधिमा लागिपरेकाे बताउदै उहाँले जनप्रति उर्जासिल रहेकाे जानकारि  दिनुभयाे ।

उक्त क्षेत्रमा रहेकाे धार्मिक, सास्कृतिक पर्यटकिय क्षेत्रका रूपमा परिचित छिन्ताङ्ग जालपा देविकाे मन्दिर, भ्युटावर सहितकाेे पाताल पार्क, सहिद स्मारकलगायत भाैतिक पुर्वाधारकाे विकास भईरहेकाे उक्त क्षेत्रलाई गतिलाे पर्यटकिय गन्तब्यका रूपमा विकास गर्न हाेमस्टे सञ्चालन, आधुनिक प्रणालिबाट सुन्तलाखेतिलाई विकास तथा विस्तार गरि दरिलाे आम्दानिका साथै जिविकाेपार्जनकाे माध्यम बनाउने छ ।

सहिदभूमि गाउँपालिका धनकुटाकाे आयाेजनामा आजदेखि शुरू गरिएकाे उक्त कार्यक्रम १२ गते सम्म सञ्चालन गरिने छ ।

पुर्वाञ्चल डेन्टल हस्पिटल प्रा.लि.इटहरीकाे प्राविधिक सहयाेग र सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर १, हेल्पिङ्ग युथ इटहरीकाे सहकार्यमा प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सञ्चालन गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

उक्त कार्यक्रमकाे अवसरका सहिदभूमि गाउपालिका पुग्नु भएको प्रदेश प्रमुख सहितकाे टाेलिले शहिद पार्कमा रहेका १६ शहिदहरूकाे शालिकमा माल्यार्पण, गतबर्षकाे प्रदेश सरकारकाे बजेटबाट निर्माण गरिएका भाैतिक संरचना, पातालपार्क अनुगमन, छिन्तांकदेविकाे दर्शन समेत गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रदेश नम्वर १ कि प्रथम महिला जानुका अधिकारी, प्रदेश सभा सदस्य निरन राई, विनादेवि राई, प्रदेश प्रमुखका स्वकीय सचिव ख्यामराज अधिकारी, गाउँपालिका उपाध्यक्ष रत्नेश्वरी राईलगायतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया