मुम्बई– भारतका एक सांसद मृत फेला परेका छन् ।

मुम्बईको दादरा र नगर हवेलीबाट लोकसभा सदस्य मोहन डेलकर दक्षिण मुम्बईको एउटा होटलमा मृत फेला परेका छन् ।

प्रहरीले उक्त कोठाबाट गुजराती भाषामा लेखिएको सुसाइड नोट पनि फेला पारेको छ ।

उनको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

डेलकरको उमेर ५८ वर्ष थियो र उनी निर्दलीय सांसद थिए ।

उनी सन् १९८९ मा पहिलो पटक सांसद बनेका थिए ।

त्यो बेलादेखि अहिलेसम्म उनी ७ पटक लोकसभाका लागि छनौट भइसकेका छन् ।

उनले सन् १९८९ देखि २००४ सम्म लगातार ६ पटक लोकसभाको चुनाव जितेका थिए ।

डेलकरको परिवारमा श्रीमती कलाबेन डेलकर, दुई बच्चाहरु अभिनव र दिविता छन् ।

तपाईको प्रतिक्रिया