इटहरी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने आइतबारको संसद् बैठक रोक्न कांग्रेस सभापति शेरबहादुर देउवाको दबाब आएको भनी केही सञ्चार माध्यममा आएको समाचारप्रति प्रदेश नं. १ काँग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संसदीय दलका नेता राजीव कोइरालाले केही सञ्चारमाध्यमले अनाश्यक भ्रम सिर्जना गर्नका लागि समाचार प्रकासन÷प्रसारण गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसमा सत्यता नभएको प्रस्ट पारेका छन् । उनले अविश्वास प्रस्ताव पेस भएपछि त्यसलाईं टेवल गरि टुंगो लगाउनुपर्नेमा शुरुवातदेखि नै काँग्रेसको अडान रहदै आएको प्रस्ट्याए । ‘केही समयअघिदेखि सत्तापक्षीय नै संसद अबरोध गरेर बसेका थिए । यस्तो इतिहासमा कही हुँदैन,’ संसदीय दलका नेता कोइरालाले भने, ‘अब अविश्वासको प्रस्ताव टेवल भएको छ । यो प्रदेशले गति लिनेछ ।’ नेता कोइरालाले प्रदेशसभामा अब कुन समुहसँग मिलेर अघि बढ्ने भनेर केन्द्रले सही टुंगो लगाउनुपर्ने बताए । ‘यदि केन्द्रले सही टुंगो नलगाएमा प्रदेशलाई आफै निर्णय गर्ने अधिकर दिनुपर्छ,’ उनले भने, ‘प्रदेशले सुझबुझका साथ निर्णय लिन्छ ।’ प्रदेश नं. १ मा पुस १२ गते नै प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव आइतबार मात्र टेबल भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतीय मिडियालाई पूर्वराजाको दह्रो झापड, भारतीय पत्रकारलाई नेपाली बोल्न बाध्य पारे
देशमा भारतीय हस्तक्षेत्र अत्याधिक भइरहेको भन्दै यसको विरोध भइरहेको र राष्ट्रियताको पक्षमा चर्को आवाज उठिरहेको समयमा पूर्...
करेन्ट लागेर २४ बर्षीय आशिसकाे मृत्यू
सुनसरी/ मोरङ बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागी मृत्यु भएको छ । आईतबार राती ९ बजे दुहबी -२ स्थि...
प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक ३ बजे बस्ने
पुष्पकमल दाहाल ‘प्रचण्ड’माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने ...
पैसाको लोभमा श्रीमतीको हत्या
रुपन्देहीमा आर्थिक कारोबारका विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका–५...
इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति वाजा घन्काउने
अव इटहरी र इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति वाजा घन्काउने भएका छन । आज इटहरी उपमहानगरले एक महिला समूहलाई न...
धनकुटामा उद्यमशिलता विकास तालिम सुरु
धनकुटा । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित उद्यमशिलता विकास सम्बन्धि ८ दिने तालिम वडा नम्व...