मोरगं । महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बन्न सहयोग पुगोस भनेर मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ले विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समयमा महिला आत्मनिर्भरतामा जोड दिदै सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३को आर्थिक सहयोगमा सञ्चालित गरेको १५ दिने कृष्टल वनाउने तालिम सम्पन्न भएको छ । प्रगती महिला समाज सुन्दरहरैचा २को आयोजनामा भएको तालिममा वडा नम्बर ३मा ३० जना महिलाहरुको सहभागिता रहेको थियो । महिलाहरुलाई कृष्टलका विभिन्न सामाग्री वनाउने तालिममा तारा भण्डारी र प्रतिमा बुढाथोकीले तालिम प्रदान गरेका थिए । तालिम समापन कार्यक्रम प्रगती महिला समाजकी अध्यक्ष पार्बती गच्छदारको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिका वडा ३का वडाध्यक्ष जिवन ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो समापन कार्यक्रममा वडा सदस्यहरु श्याम चौधरी ,शान्ता सिटौला, महिला अधिकार मञ्च मोरगंकी अध्यक्ष कल्पना घिमीरे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया