इटहरी । युवाहरुमा व्यक्तित्व तथा नेतृत्वकला विकासमा सहयोग पुगोस भनेर सुनसरीको इटहरीमा एक दिने सफलताको नजिक नाम दिएर एक सेमिनारको आयोजना गरिएको छ ।
चरचित उत्प्रेरक राजाबाबु साहको विशेष सहजिकरणमा उत्प्रेरणात्मक व्यक्तितृत्व तथा नेतृत्वकला विकास सेमिनार ग्रेट विजनेश मार्ट प्रा.लि.ले आयोजना गरेको हो ।
केदार उप्रेतीको संयोजकत्व तथा निलम खड्काको अध्यक्षतामा आयोजना गरिएको सेमिनारमा युवाहरुलाई सफल जिवन जिउने कलालाई समेटेर साहले उत्प्रेरणा जगाउने विषयबस्तुमा केन्द्रीत भएर सहजिकरण गरेका थिए ।
धरान , विराटनगर ,इटहरी लगायतका २सय ५० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक केदार उप्रेतीले जानकारी दिए ।
गोपाल काफ्लेको प्रमुख आतिथ्यतामा भएको सेमिनारमा उत्प्रेरणा जगाउने कार्यमा ग्रेट विजनेश मार्टकी प्रवन्ध निर्देशक मञ्जरी घिमीरेले समेत सहजिकरण गरेकी थिइन ।

 

तपाईको प्रतिक्रिया