इटहरी । सडक क्षेत्रमा ध्वाँनी प्रदुषणले निम्त्याउने जोखिमलाई न्युनिकरण गर्ने उद्धेश्यले १ नम्बर प्रदेस ट्राफिक प्रहरी कार्यालय इटहरीले अभियान सुरु गरेको छ ।

दुई वर्ष अघि नै १नम्बर प्रदेसलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएपनि कार्यान्वयन हुन नसकिरहेको समयमा पुन हर्न निषेधित क्षेत्र घोषणा गरि कार्यान्वयनका लागि टफिक प्रहरीले अभियान सुरु गरेको हो ।

हर्न निषेधित क्षेत्रलाई पुर्ण रुपमा कार्यान्वयन गराउन १ नम्बर प्रदेसका ९२वटै ट्राफिक इकाइबाट पहिलो चरणमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको विषयमा जानकारी गराउने विनम्रताका साथ अत्यावश्यक बाहेक हर्न नवजाउन सवारी चालकहरुलाई अनुरोध ग र्ने काम गर्न थालिएको ट्राफिक प्रहरी नायव निरिक्षक विष्णु बस्नेतले जानकारी दिए ।

१ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरी २०७४साल असोज १ गते प्रदेस क्षेत्रमा हर्न निषेधित घोषणा गरेपनि पुर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको थिएन भने पुन हर्न निषेधित क्षेत्र घोषणा गरेर कायान्वयनका लागि जुटेको हो । ध्वानी प्रदुषणका कारण दुर्घटनाको समेत सम्भावना हुने हुँदा ट्राफिक प्रहरीले हर्न आत्यावश्यक बाहेक नबजाउन गरेको अनुरोध आफुहरुलाई पनि राम्रो लागेको सवारी चालकहरुले समेत वताएका छन ।

चर्काे ध्वानी प्रदुषणका कारण मानिसहरुको श्रवण शक्ती कम्जोर हुने देखि लिएर नजिकै हर्न ठुलो आवाजमा बजाउदा अतालिएर दुर्घटना सम्म हुने जोखिमलाई मध्यनजर गर्दै १ नम्बर ट्राफिक प्रहरी कार्यालयले प्रदेसमा हर्न निषेधित क्षेत्र घोषणा गरेर कार्यान्वयनमा जुटीरहेको छ । हर्न निषेधित क्षेत्रलाई पालना गराउन ट्राफिक प्रहरीले पहिलो चरणमा सम्झाउने बुझाउने त्यसपछि पनि अटेर गरेर पालना नगरिए कारवाही थालिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया