इटहरी, खम्बुवान राष्ट्रिय मोर्चा , नेपाल तथा सुनसरी युवा मोर्चा भेला सम्पन्न भएको छ । संविधान सभा सदस्य तथा केन्द्रीय अध्यक्ष माननीय आर के खम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नेपालमा राजनितीको उत्तार चडापका बिच विभिन्न राजनितिक पाटिहरूले कार्यक्रम गर्दै आएका छन् । यहि बिचमा खम्बुवानले देशको परिस्थितिमा जातजाति भन्दा माथि उठेर देश र जनताताका लागि खम्बुवानल २०५९ सालबाट निरन्तर काम गर्दै आएको छ ।
हिजो नेपाल एकिकरणा हुदाँ सबै जात जाति धर्म संस्कृत समान भएको अवस्थामा आजका राज्य र सत्तामा बस्नेको आपसी युद्वमा लागेर देशलाई डुवानदै लगेको संविधान सभा सदस्य तथा केन्द्रीय अध्यक्ष माननीय आर के खम्बुले बताएका छन् । उनले जनताले मत दिएर चिताएका नेतानै साडे जुदाइमा लागेको बताए नेपाली जनताका लागी बिकासको लहर ल्याउने प्रतिवद्धताका साथ कुर्सीमा बसे तर कुर्सी पाएपछि जनतालाई भुलेको समेत बताएका छन् ।

त्यस्तै कार्यक्रमको विशेष अतिथिमा के.उपाध्यक्ष जय खिम्दुङ , हाङ्छा खम्बु के.उपाध्यक्ष , दिलराम खम्बु के.उपाध्यक्ष , रणेन्द्र थिम्राहाङ के.महासचिव , राजुदेव राई के.सचिव , राजन वान्तावा के.कोषाध्यक्ष , कुबेर बुताङ खम्बु के.के भि कमान्डर ईन चिफ लगाएतको उपस्थित रहेका थिए ।

 

तपाईको प्रतिक्रिया