इटहरी । प्रदेस नम्बर १ स्तरिय भेट्रान कप फुटबल प्रतियोगिता यही फागुन १३ गते देखि सुनसरीको इटहरीमा आयोजना हुने भएको छ ।

हम्रो इटहरी भेट्रान क्लवको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजनमा प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको हो ।

जनता बहुमुखी क्याम्पस इटहरीको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा झापा,मोरगं,सुनसरी ,उदयपुर र धनकुटाका गरी १२ भेट्रान टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा आयोजक हाम्रो इटहरी भेट्रान क्लवका अध्यक्ष मन्दिप कुमार राईले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत यही फागुन २२ गते सम्पन्न हुने फाइनल प्रतियोगिताका विजेता टिमलाई ५५हजार नगद शिल्ड प्रमाण पत्र र उपविजेतालाई ३१हजार नगद शिल्ड प्रमाण पत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जनाइयो । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्की सहित आयोजक हाम्रो इटहरी भेट्रान क्लवका पुर्व अध्यक्ष भरतकुमार श्रेष्ठ , फुटबल प्रशिक्षक श्याम मानन्धर लागयतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया