इटहरी । इटहरी क्षेत्रको विकास र रुपान्तरणका साथै साहित्यक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका स्वर्गीय धरणीधर दाहालको ९४औं जन्मजयन्तीको अवसर पारेर संस्कृति विज्ञ तथा साहितकार प्रा.डा. शैलेन्द्र प्रकास नेपाल सहित दुई जनालाई सम्मान गरिएको छ ।
इटहरी साहित्यिक समुह इटहरीले प्रा.डा. नेपाल र इटहरीका संगितकार राजु केसी अर्जुनलाई नगद २५ हजार सहित धरणीधर दाहाल स्मृति पुरस्कारबाट सम्मान गरेको हो ।
संस्कृति तथा साहित्यकका क्षेत्रमा महत्वपुर्ण योगदान गरेको प्रा.डा. नेपाल र इटहरीमा रहेर गित संगितका क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने केसीलाई कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ संगितकार बुलु मुकारुगंले नगद २५ हजार सहित धरणीधर दाहाल स्मृति पुरस्कारबाट सम्मान गरेका हुन ।

आफना स्वर्गीय पिता धरणीधर दाहालको स्मृतिमा दाहालका छोरा ज्ञानेन्द्र दाहाल लगायतले धरणीधर प्रतिष्ठान स्थापना गरी पुरस्कार कोष मार्फत हरेक वर्ष दुई जना स्रष्टाहरुलाई सम्मान गर्ने गरेका छन । कार्यक्रममा स्वर्गीय दाहालका विषयमा साहित्यकारहरुका साहित्यकार तथा पत्रकार कृष्ण विनोद लम्साल , दाहालका छोरा राजेन्द्र दाहाल लगायतले चर्चा गरेका थिए । कार्यक्रममा प्रा.डा. बद्री विशाल पोखरेल , संगितकार गुरुदेव कामत लगायतका साहित्कार कलाकारहरुको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया