धनकुटा  । नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखा तयारी परियोजनाको आयोजनामा नेतृत्व विकास तथा असल अभ्यास कार्यशाला गोष्ठि धनकुटामा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा सञ्चालित ४ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
विपद व्यवस्थापनमा रेडक्रसले गरेको कार्य प्रशंसा गर्न लायक रहेको प्रमुख अतिथि पाख्रिबास नगरपलिकाका प्रमुख बिर्ष बहादुर राईको भनाई छ ।
उहाँले आगामी दिनमा पनि मानविय विपदीलाई न्युनिकरण गर्न अझ शसक्त ढङ्गबाट अगाडी बढ्न सुझाव दिदै आफ्नो नगरपालीकाले रेडक्रसले गरेको काम प्रति सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
गत फागुन १ गते बाट ४ गतेसम्म कृषि अनुसन्धान केन्द्र पाख्रिबासमा सञ्चालन गरिएको तालिममा संगठन कसरी बनाउने, संस्था सञ्चालन, असल अभ्यासका सिकाईहरुलगायतका विषयमा रेडक्रस कर्मीहरुलाई प्रशिक्षण गराईएको थियो ।
शुरु भएको उक्त गोष्ठीको सहजिकरण नेपाल रेडक्रस सोसाइटी केन्द्रका मानविय मुल्य तथा सञ्चार विभागका उपनिर्देशक शकुन जोशी, बरिष्ठ अधिकृत जर्नादन पोख्रेल र धनकुटा शाखाका बरिष्ठ कार्यलय सहायक विष्णु कृष्ण जोशिले गर्नु भएको थियो ।
पाख्रिबास नगरपालीकाका नगर प्रमुख बिर्ष बहादुर राईको प्रमुख आतिथ्यता एवं नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखाका सभापति हरिकुमार राईको अध्यक्षतामा सम्पन्न तालिममा २७ जना नेरेसो, जुरेसोका प्रतिनिधिहरु, पाख्रिबास नगरपालिकाका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया