भारतको महाराष्ट्रमा आइतबार राति भएको ट्रक दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । किंगांवमा भएको दुर्घटनामा ट्रकमा २१ जना सवार थिए । यसमध्ये ५ जना घाइते रहेका छन् । दुर्घटनामा मारिनेमा महिला र बालबालिका पनि रहेका छन् ।
प्रहरीका अनुसार किंगाव निजकै अंकलेश्वर–बुरहानपुर स्टेट राजमार्गको मोडमा ट्रकको स्टेरिङ रड भाँचिएको थियो । त्यसपछि ड्राइभरले ट्रकमाथि नियन्त्रण गुमाएका थिए ।