दिनेश कोइराला मोडलिङ्ग जगतमा एक चर्चित नाम हो । उनि अहिले कलाकारीता क्षेत्रमा व्यस्त छन् । बाल्य अवस्था देखि नै अभिनयमा रुची राख्ने दिनेश,
फिचर ‘फिल्मी द कमाण्डो’ बाट बाल कलाकारका रुपमा आफ्नो कलाकारिताको यात्रा तय गरेका थिए ।  पछिल्लो समय उनिले ‘मिराज’, ‘म पर्खी रहन्छु’, ‘फेक फ्रेण्ड’, ‘राम साइली’ जस्ता फिल्ममा मुख्य तथा साहयक भुमिका निभाइ सकेका छन् ।साथै तिन दर्जन भन्दा बढी म्युजिक भिडियो तथा एरिना टेलिभिजन बाट प्रसारित चर्चित हास्य टेलि श्रृंशला ‘उमेर गयो, बैस गएन’मा मुख्य प्रात्र र कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘इर्किनी मिर्किनी’मा सिक्री साइलाको भुमिका निभाएका उनले १५० भन्दा बढी छोटो
फिल्म र करिव ३५ भन्दा बढी विज्ञापनमा अभिनय पनि गरि सकेका छन् ।दिनेशमा सबै संग मिल्न सक्ने खुवी रहेको छ । उनि सिने जगतमा मात्र नभएर सामाजिक रुपमा पनि निक्कै उग्रासर रहेका छन् ।


सहयोगी भित्ता इटहरीका सचिव रहेर समाजिक क्षेत्रमा धेरै योगदान गरेका उनि नेपाल चलचित्र महा संघ प्रदेश १ का महा सचिव जस्तो गरिमामय
पदमा रहेका छन् । उनि भन्छन्, “सेवा नै धर्म हो” । फोटो सुटमा दिनेशलाई साथ दिएकी मोडल, लेजिना सुवेदी भोजपुरी सिने जगतमा एक चर्चित नाम हो । मोडलिङ्गबाट आफ्नो यात्रा सुरु गरेकी उनीले भोजपुरी र मैथेलीमा दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय दिइ सकेकी उनी हाल नेपाली म्युजीक भिडियोमा समेत अभिनय गर्न थालेकी छिन् ।
अभिनय तथा नृत्यलाई अंगाल्दै अगी बढेकी लेजिना पछिल्लो समय, निकै सफल र व्यस्त देखिन्छिन् । यस प्रणय दिवसको अवसरमा, दिनेश र लेजिनाको फोटो सुट, इटहरीमा अवस्थित, पुर्वमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको ड्रिम्स फोटोग्राफी कासंयोग जंग बिष्ट लगायतको टिमले गरेको छ । साथै फोटो सुटको ड्रेस तथा मेकअप न्यू युनिक कस्मेटिककी संचालिका सिमा कोइराले व्यवस्थापन गर्नु भएको थियो ।उनीहरुले सार्वजनिक गरेका फोटोसुटका कारण उनीहरुको चर्चा सामाजिक सञ्जालमा चुलिएकाे छ ।

तपाईको प्रतिक्रिया