मुम्बई– दीपिका पादुकोण आफ्नो अभिनयले दर्शकको मन जित्न सफल अभिनेत्री हुन् ।

यसबाहेक उनी फेशन सेन्सका कारण पनि उनी सधैं चर्चामा रहन्छिन् ।

उनको स्टाइल अरु भन्दा फरक छ, तर सबैको मन जित्ने किसिमको रहेको छ ।

अहिले दीपिका पादुकोणका धेरै तस्विरहरु सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेका छन् ।

उनका तस्विरहरु ट्रेन्ड हुनुको पछाडि एउटा विशेष कारण पनि रहेको छ ।

दीपिकाले भाइरल भएको तस्बिरमा कालो रंगको आउटफिट लगाएकी छिन् ।

उनले माथिदेखि तलसम्म सबै कालो रंगको पहिरन लगाएक छिन् ।

कालो रंग दीपिकाको मन पर्ने रंग हो ।

उनले कोरोना काललाई ध्यानमा राख्दै मास्क पनि लगाएकी छिन् र मास्कको रंग पनि कालो नै छ ।

साधारण देखिने उक्त मास्कले नै दीपिकालाई अहिले भाइरल बनाइरहेको छ ।

वास्तवमा दीपिकाले जुन मास्क लगाएकी छिन्, त्यसको बजार मूल्य २५ हजार भारतीय रुपैयाँ अर्थात ४० हजार रुपष्ैयाँ रहेको छ । अभिनेत्रीले मास्कका लागि मात्र त्यति धेरै खर्च गरेकी छिन् ।

त्यस्तै दीपिकाको हातमा देखिएको ह्यान्डब्यागको मूल्य झन् बढी छ ।

उनको ब्यागको मुल्य तीन लाख २० हजार रुपैयाँ भन्दा धेरै भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया