सुनसरी माघ ३०गते–अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामाभइरहेको अण्डर १३ उमेर समुहको खेलाडी छनौटअन्र्तगतसुनसरीबाट ३५जना छानिएका छन् ।अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीले इटहरी ९ स्थित जनता स्कूलको मैदानमाबिहिबार र शुक्रबार गरेको छनौट कार्यक्रमबाट ३५जना अण्डर १३ खेलाडीहरु छानिएका हुन् ।एन्फा सुनसरी अध्यक्षकेशवकार्कीका अनुसार १ सय २५ जनाको समुहबाट ३५जनाछनौट गरिएको हो । जिल्ला छनौटका लागि सहभागीभएका १ सय २५ जना खेलाडी धरान, इटहरी, दुहबी, इनरुवा र बराहक्षेत्रबाट छनौट भएर आएकामध्येका हुन । जिल्लाबाट छनौट भएका३५जना खेलाडीले प्रदेश छनौटका लागिप्रतिष्पर्धा गर्न पाउने छन ।
छनौटमा सहभागीहरुको जन्मदर्ताका साथै खेल प्रदर्शन हेरेर मात्र खेलाडी छनौट गरिएको एन्फा सुनसरीकाप्रशिक्षकश्याममानन्धरले बताए । अण्डर १३ मा सहभागीहुनको लागि २०६५ असोज १५ देखि २०६६ असोज १५ गतेभित्रजन्मिएको हुनुपर्ने प्रावधानथियो ।सहभागीहरुलाई समुह समुहबनाएर प्रतिस्पर्धा गराइएकोमानन्धरलेजानकारी दिए ।
एन्फाले २०७८ सालदेखीक्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालनगर्ने भएको छ । ए डिभिजन क्लबहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नको लागि ए.एफ.सि.लाइसेन्स लिनुपर्ने हुन्छ । लाइसेन्स प्राप्तगर्नको लागि एकेडेमी सञ्चालनगर्नुपर्ने मापदण्ड छ । त्यसैले एन्फाले क्षेत्र, जिल्ला, प्रदेश हुदै राष्ट्रिय छनौटबाट छानिएका उत्कृष्ट बाल खेलाडीहरु तीक्लबले सञ्चालनगर्ने एकेडेमीमा पठाउनका लागि खेलाडी छनौट थालिएको एन्फासुनसरी अध्यक्ष केशवकार्कीले बताए । विभागीय टोलीत्रिभुवनआर्मी, सशस्त्र रजनपथप्रहरी र केही ए डिभिजन क्लबहरुले पनिएकेडेमीराख्ने तयारी गरेका छन । ती एकेडेमीमायो छनौट कार्यक्रमबाट छानिएकाउत्कृष्ट खेलाडीहरु रहने छन ।

तपाईको प्रतिक्रिया