इटहरी । भिभोको नयाँ ब्राण्ड बजारमा आएको छ । भर्खरै बजारमा आएको Y12S ब्रान्डको लन्च गर्ने क्रममा प्रचार अगाडि बढाइएको हो । २००९ मा स्थापना भएको भिभोले २०११ मा स्मार्टफोन निर्माण गरेको थियो । हाल ३८ वटा देशमा ब्रान्च खोलेको भिभो हाल बिश्व बजारमा ५ औं स्थानमा छ । ६.५ इन्चको स्क्रिन रहेको Y-12-S मोबाइलमा ५ हजार MH को ब्याट्री रहेको छ । १७ हजार ९ सय ९९ रुपैयाँ बजार मूल्य रहेपनि अग्रिम बुकिङ्ग गर्नेको लागि १ हजार छुट गरिएको छ ।

निमेष घिमिरेका अनुसार काठमाडौमा मात्र लन्च गर्ने परम्परालाई त्यागेर पुर्वमा नयाँ सुरुवात गरिएको हो । काठमाडौमा केन्द्रीत बजार विकेन्द्रीकरण भएकोले पुर्वका मुख्य सहरहरूमा नयाँ मोडेल लन्च गरिएको उनले बताए । इटहरीको लागि आधिकारिक डिस्ट्रीब्युटर्स रोहित कार्कीले भिभोले ३ बर्षको दौरानमै आफ्नो छुट्टै पहिचान बनाएको बताए ।

खुद्रा व्यापारीले मोबाइल व्यापारमा राजदुतको भुमिका खेल्नु भएको भन्दै उनले धन्यवाद दिए । अहिले बजारमा चलेका अन्य मोडेल भन्दा भिभोले ग्राहक र व्यापारी दुवैलाई फाइदा पुर्याएको उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया