मानिसलाई कामको बोझ बढ्दै जाँदा तनाव पनि त्यत्तिकै मात्रमा बढ्दै जान्छ र जुन कुरा स्वाभाजिक पनि हो । तनाव कम गर्न जहिले पनि तनाव भएको बेला आफूलाई मन पर्ने गीत गुनगुनाउनुपर्छ । मनपर्ने गीत गुनगुनाउँदा मानसिकरुपमा शान्ति मिल्छ, त्यसले योगाले जत्तिकै फाइदा गर्छ । तनाव दिने कुराहरुबाट टाढा हुनुछ भने पुराना रमाइला तथा हाँसिमजाकका तस्बिरहरु निकालेर हेर्नुपर्छ र रमाइला दिनका यादलाई ताजा बनाउनुपर्छ । जब तनाव महसुस हुन्छ, तब आँखा बन्द गरेर विगतका खुसीका पल सम्झिनुपर्छ, यसो गर्दा मस्तिष्कलाई शान्त पार्न मद्दत गर्नेछ ।
तनाव भएको समयमा गहिरो सास फेर्नुपर्छ । सास लिन र छोड्न उत्तिकै लामो समय लगाउनुपर्छ । कम्तिमा दश पटक लामो–लामो स्वास फेर्दा केही आराम महसुस गर्न सकिनेछ । शरीरमा पानीको मात्रा जति कम हुन्छ, मस्तिष्कको कार्यप्रणालीमा उत्तिकै नै असर पर्छ । यस्तो भयो भने काममा केन्द्रित हुन सकिन्न र तनाव बढ्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ । तनाव भएको बेला आफ्नो पीडालाई भुलेर मज्जाले हाँस्ने र कुनै हास्यापद भिडियो र तस्बिर हेर्ने गरेमा पनि तनावबाट टाढा भाग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया