इटहरी, भनिन्छ गित भन्ने बित्तिकै एकदमै सरल हुनुपर्छ,ताकी जोसुकैले सहजै बुझ्न सुन्न र हेर्न सक्ने,गितमा त्यती धेरै गहिरो अर्थ राख्ने शब्द भन्दापनी सरल वा सहज रुपमाबुझ्न सक्ने शब्द र कथा लेख्न सकियो भने सम्पुणर् गित श्रोताहरुले सहजै बुझ्छन र सबैको प्यारो बन्ने गर्छ । बजारमा कमै मात्रामा पाइन्छन यस्ता सिर्जनाहरु ।
र यस्ता सिर्जनाहरुले बजारमा राम्रो छाप पनि छाडेको पाइन्छ । यस्तै गित बजारमा आउने क्रममा नवगायक कविराज खड्काको तिमिनै बस्नु मुटुमा बास बोलको गित सार्वजनिक भएको छ । उक्त गित गायक आफैले लेखेका हुन । गितमा संगित गणेश रिजालले दिएका छन भने एरेन्ज देवेस राइको रहेको छ । उक्त गितमा कलाकार शुशिल भट्टराई र गोल्डेन आइडल सिजन ६ की विजेता सेविका कोइरालाले डेव्यु गरेका छन । ड्रिम्स मल्टिमिडिया मार्फत छाँयांकन भएको उक्त गित पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । कलाकारिता क्षेत्रमा एउटा एउटा छुट्टै छाप छोड्न सफल सुशिल भट्टराइले पहिलो पटक दर्शक सामु मोडलको रुपमा प्रस्तुत भएका छन भने उक्त गित उनको आफ्नै युट्युब च्यानल (शुशिल भट्टराई) मार्फत बजारमा ल्याइएको छ ।
भोजपुर तिवारी भङ्ज्याङ घर भएका कविराज पढाई संगै संगित लाइ पनी उत्तिकै महत्व दिएर संगितकार गणेश रिजाल संग इटहरीमा संगित सिक्दै आएका छन । कविराज खड्काले मौसमी गित भन्दा पनि सदाबाहर गित बजारमा ल्याउन रुचाउछन भने, सबै किसिमका गितहरु सुन्न पनि रुचाउछन,शब्द लेखनलाई उत्तिकै मन पराउने गायक कबिराज खड्काको यो पहिलो गित हो ।
पुरा भिडियो तल राखिएको छ ः

तपाईको प्रतिक्रिया