इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको वार्षिक कार्यक्रम अन्र्तगत आयोजित रक्तदान कार्यक्रममा ५२ जना महिला पुरुषले रक्तदान गरे।

जाडो मौषममा रक्तदान कार्यक्रमहरु कम हुने गरेको तर्फ मध्यनजर गर्दै विगतका केही वर्ष देखि नै महिला बचतले आयोजना गर्ने रक्तदान कार्यक्रम अन्र्तगत भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्दान गरेका हुन ।

महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा कृष्ण दल गणका गणपति अर्जुन दुलालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।

प्रदेस नम्बर १मा हुने रक्तदान कार्यक्रम मध्ये सर्वाधिक बढी रक्तदान कार्यक्रम आयोजना गरिने स्थानका रुपमा इटहरी पर्ने गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानमा संकलन हुने रगतमा ४० प्रतिसत जति इटहरी क्षेत्रबाट मात्र हुने भएको वताइन्छ ।

कार्यक्रममा इटहरी लेडी जेसिजकी अध्यक्ष गिता सुवेदी , उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्री कटुवाल होटल व्यवसायी संघका उपाध्यक्ष गोविन्दा थापा सेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया