धनकुटा  । जिल्ला अस्पताल धनकुटामा आजबाट कोभिडविरूद्धको “कोभिसिल्ड” खोप लगाइदै अभियानको शुरुवात गरिएको छ ।
नेपाल मै कोभिड विरुद्धको खोप अभियान शुरु भए सँगै जिल्ला अस्पताल धनकुटाका निमिक्त सुपरीटेन्डेन्ट डाक्टर पुजन विश्वकर्मालाई खोप लगाइ दिदै अभियानको शुरुवात गरिएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।
जिल्ला अस्पताल धनकुटामा स्थापना गरिएको खोप केन्द्रमा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले कोभिसिल्ड खोप बक्स अस्पतालका डाक्टर विश्वकर्मालाई हस्तान्तरण गर्दै अभियान शुरु गरिएको हो ।
स्वास्थ्य कार्यालय धनकुटा प्रदेश नम्वर १ को आयोजनामा जिल्ला अस्पताल धनकुटामा राष्ट्रिय खोप अभियान कोभिड विरुद्धको खोप लगाउदै खोप अभियान शुभारम्भका साथमा खोप सञ्चालन केन्द्रको स्थापना गरिएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरूद्धको खोप लगाउने अभियान अनुसार आजबाट जिल्ला अस्पताल धनकुटाका निमिक्त सुपरीटेन्डेन्ट डाक्टर विश्वकर्मा, स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाई, धनकुटा नगरपालिका धनकुटाका नगर स्वास्थ्य संयोजक भोजराज भण्डारीलगायतले खोप लगाएर अभियानको शुरुवात गर्नु भएको हो ।
कोभिड विरामीहरूको उपचार र व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सरकारी, निजी सामुदायिक, गैरसरकारी मेडिकल कलेजहरूमा कार्यरत सबै स्वाथ्यकर्मीहरू, स्थानिय सरसफाइका कर्मचारी, सुरक्षाकर्मीहरूलाई, शव व्यवस्थापनमा खटिएका कर्मचारी, अस्पताल, स्वास्थ्य संस्थाका सहयोगी कर्मचारी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वंयमसेवीका, अस्पताल फार्मेसीमा कार्यरत कर्मचारी समेतमा खोप लगाउनका नेपाल सरकारबाट निर्देशन आए सँगै आजबाट खोप अभियान शुरु गरिएको हो ।
बुधबार आजबाट शुरु गरिएको खोप अभियान विहिबार, शुक्रबार र बाँकी रहेका स्वास्थ्य कर्मी, सरसफाई कर्मीलगायत फ्रन्टलाइनमा खटिएका कर्मचारीहरुलाई शनिबार सम्म खोप लगाईने स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
बेलायतको अक्सफोर्ड विश्वविध्यालय र एस्ट्रेजेनिका कम्पनी मिलेर विकास गरी भारतको सिरम इन्स्टिच्युटले तयार गरेको खोप भारत सरकारले अनुदान सहयोग स्परुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप लगाउन शुरु गरिएको हो ।
यसले शरिरमा कोभिड विरूद्धको एन्टिबडी निर्माण गरी कोभिड लाग्नबाट बचाउनुका साथै उक्त खोप निशुल्क पाईने, खोप सुरक्षित हुने र खोपले जिवन रक्षा गर्ने लगायतको विषयमा स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गुरागाईले जानकारी दिनुभयो ।
काठमाण्डौमा प्रधानमन्त्रि केपि शर्मा ओलिले खोप लगाउनु भए लगतै धनकुटामा पनि खोप
आज खोप लगाएका ब्याक्तिहरुले पुन २८ दिन पछि दोस्रो खोप लगाउनु पर्नेछ ।
खोप अभियान कार्यक्रममा, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया