इटहरी । कोरोना विरुद्धको खोप लगाउने अभियान अन्र्तगत प्रदेस नम्बर १ का पनि विभिन्न ठाउँहरुमा फन्टलाईनमा खटिने स्वास्थ्यकर्मी लगातयलाई पहिलो चरणको खोप लगाउने कार्य सुरु भएको छ ।
नेपाल सरकारले तोके बमोजिम पहिलो चरणमा स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,सरसफाईकर्मी लगायतलाई प्रदेस नम्बर १का विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिने कार्य सुरुको हो ।
प्रदेस नम्बर १को सुनसरीमा पहिलो चरणमा ५ हजार जनालाई खोप लगाइने लक्ष्य सहित इनरुवा,इटहरी र धरानमा चारवटा खोप केन्द्र तय गरेर खोप लगाउन थालिएको छ । सुनसरीको इनरुवा अस्पताल , इटहरी अस्पताल ,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा खोप केन्द्र वनाएर खोप लगाउने कार्य भई रहेको इटहरी अस्पतालका रामकुमार धमलाले जानकारी दिए ।

कोरोना महामारिका बिच अग्रपङतिमा रहेर काम गर्नेहरुलाई खोप उपलब्ध हुदाँ खुसी भएको स्वास्थ कर्मी हरी प्रसाद गौतमले बताएका छन् ।

इटहरीमा नेपाल सरकारको मापदण्ड अनुसार इटहरी अस्पतालमा पहिलो चरणमा स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,सफाईकर्मीहरुलाई खोप लगाइ रहेको वताउदै स्वास्थ्यकर्मी सुरक्षित भए अरु पनि हुइन्छ भन्ने तर्फ केन्द्रीत भएर पहिलो चरण लगाइएको र मादण्ड अनुसार विस्तारै सवैलाई लगाइने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले वताइन ।

लामो समय देखि कोरोनाका कारण विश्व प्रभावित भई रहेको समयमा कोरोना विरुद्धको खोप लगाउन पाउदा खुशी लागेको खोप लगाउनेहरुले प्रतिकृया लिएका छन। कोरोनाका कारण इटहरी उपमहानगरपालिका क्षेत्रका ४६जनाले हाल सम्म ज्यान गुमाई सकेका छन भने २५सय बढी संक्रमित भएको तथ्याँक रहेको छ । कोरोना विरुद्धको खोप कोभिशिल्ड १०लाख खोप भारत सरकारले उपलव्ध गराएपछि नेपालमा कोरोना विरुद्धको खोप लगाउन थालिएको हो ।

 

तपाईको प्रतिक्रिया