इटहरी, इटहरीमा बुधबार कांग्रेस नेता कार्यकर्ता सँगको भेला सम्पन्न भएको छ । उक्त भेलाम नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै खड्काले प्रधानमन्त्रीको तानाशाही शासनले गर्दा देश संकटको संघारमा पुगेको पुगेको बताएका छन् । संसद बिघटनले देश र जनतालाई ठुलो असर गर्ने र हालको सरकारले देशको बिकास तथा विस्तारमा नकारात्मक प्रभाव परेको उनले बताएका छन् ।
आगामी चुनावमा पार्टीले राम्रो मानिसलाई टिकट दिए बहुमत ल्याउने उनको दाबी थियो । कांग्रेसले अहिले सर्वोच्चको निर्णय पर्खिरहेको उनले बताए । देशको नेतृत्व गर्न आन्दोलन मात्रै गर्न आवश्यक नरहने उनको भनाइ रहेको छ । संविधानमा प्रावधान नभएको कुरा प्रधानमन्त्रीले गर्नु अनुचित रहेको तर्कसमेत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया